Logo

‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु



काठमाडौं, १८ जेठ । क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु हँदैछ ।

इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले तोकेको समय सन् २०१५ को सेप्टेम्बरसम्ममा आईसीसी एक दिवसीय वरीयतामा शीर्ष आठ स्थानमा रहेका टोलीहरुले सहभागी हुने अवसर पाएका हुन् ।

आज हुने उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले द ओभल मैदानमा बंगलादेशको सामना गर्नेछ । ५० ओभरको ढाँचामा सञ्चालन हुने च्याम्पियन्स ट्रफीका सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह ए मा इंग्लण्ड, बंगलादेश, अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।

वेष्ट इन्डिज भने यसपटक सहभागी हुन पाएन । सन् २००४ को च्याम्पियन वेष्ट इन्डिज पहिलो पटक प्रतियोगिताबाट बाहिर भएको हो । वेष्ट इन्डिज बाहिरिँदा बंगलादेशले सन् २००६ पछि पाहिलो पटक च्याम्पियन्स ट्रफी खेल्ने मौका पाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्