Logo

महिला कानुन तथा विकास मञ्चलको २२ औँ वार्षिकोत्सव सम्पन्न



काठमाडौं, १७ जेठ । महिला कानुन तथा विकास मञ्चले आफ्नो २२ औ बार्षिकोत्सव मनाएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीश गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बिभिन्न क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति थियो ।

उक्त समारोहमा र जिल्ला अदालत र उच्च अदालतका माननीय न्यायधीशहरु, उच्च पदस्थ कर्मचारीहरु र बिभिन्न निकायका प्रतिनिधिहरु र कानुन ब्यवसायी, पत्रकारहरुको पनि उपस्थिति थियो ।

स्व.लक्ष्मण अर्याल महिला अधिकार पुरस्कार राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा माननीय मोहना अन्सारीलाई प्रदान गरिएको छ ।
समाजमा विशिष्ट योगदान पुर्याए वापत प्रधान गरिने पद्म श्री पुरस्कारबाट माईती नेपालकी अध्याक्ष तथा सिएनएन हिरोबाट सम्मानित अनुराधा कोइराला बिभुषित गरिएको थियो ।

त्यस्तै कार्यक्रममा अधिवक्ता रोशना प्रधानलाई उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित गरीएको थियो ।



प्रतिक्रिया दिनुहोस्