Logo

अन्तर्राष्ट्रिय महोत्सवमा नेपालका तर्फबाट चारुमति बुद्धिष्ट मिशनले सहभागिता जनाउने



काठमाडौँ, १९ जेठ । दक्षिण कोरियाको Gyeongju City मा यहि जेठ २६ देखि २८ गतेसम्म हुने Gyeongju World Traditional Wind Instrument Festival 2017 मा नेपालका तर्फबाट चारुमति बुद्धिष्ट मिशन नेपालले सहभागिता जनाउने भएको छ ।

Gyeongsangbuk-do प्रदेश र Gyeongju City को सहयोगमा हुने उक्त महोत्सवमा विश्वको ३० मुलुकको विभिन्न बाजा प्रदर्शनी हुने कार्यक्रम छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर चारुमति बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी धम्मले काठमाडौँ उपत्यकाका नेवार समुदायले प्राचीन समयदेखि बजाउँदै आएका विभिन्न बाजा अन्तर्राष्ट्रिय तहमा प्रचारका साथै प्रवद्र्धन गरी मुलुकको गौरब बढाउने उद्देश्यले सो कार्यक्रममा सहभागी हुन लागिएको जानकारी दिए ।

नेपालको तर्फबाट वरिष्ठ वाद्यवादक प्राध्यापक न्हुछे बहादुर डंगोल, वरिष्ठ वाद्य गुरु एवं बाँसुरी वादक धर्म मुनिकार र सारङ्गी वादक सुश्री सुजिना डङ्गोल बज्राचार्यले सो साङ्गीतिक महोत्सवमा भाग लिन यही जेठ २३ गते दक्षिण कोरिया जाने छन् ।

बाजा प्रदर्शनीमा नेपालको १४ थरीको विभिन्न बाजाहरु जस्तै ः पछिमा, , कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारंगी, मादल, नरसिङ्गा, कर्नाल, सहनाई, काठको कलात्मक बाँसुरी, काठको कलात्मक बय्, ताः बबू, समावेश हुनेछ । विश्वको परम्परागत फुक्ने बाजाको महोत्सव हुने सो कार्यक्रममा नेपालको परम्परागत ऋतु धून समेत प्रस्तुत गरिने छ ।



प्रतिक्रिया दिनुहोस्