Logo

भारतबिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न २० सदस्यीय टोली घोषणा



काठमाडौं,  १९जेठ। भारतबिरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि एन्फाले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। २० सदस्यीय नेपाली टोलीमा गोलरक्षकमा किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ रहेका छन्।

डिफेण्डरमा बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की र बिमल बस्नेत रहँदा मिडफिल्डरमा रोहित चन्द, बिशाल राई, मेहन गुरुङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ र सुमन लामा छन्।

स्ट्राइकरमा भने बिमल घर्तीमगर, भरत खवास, हेमन्त थापामगर र नवयुग श्रेष्ठ छन्। भारतको राष्ट्रिय टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आगामी मंगलबार मुम्बईको अंधेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ।

नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टाेलीमा केहि फेरबदल गरेका छन्।



प्रतिक्रिया दिनुहोस्