Logo

स्थानीय तहको भवनमा एकरुपता ल्याइने, यस्तो छ प्रस्तावित नक्सा



काठमाडौं २० जेठ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका तथा नगरपालिकाहरुको कार्यालय भवनमा एकरुपता ल्याउन भवनको नमुना तयार पारेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणमा एकरुपतालाई ध्यान दिने किसिमले नक्सा बनाउन पत्राचार समेत गरेको छ । मन्त्रालयको पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले संविधानले स्थानीय तहलाई दिएको अधिकार अनुसारको जिम्मेवारी र कार्यसञ्चालनमा सहजता आउने हिसाबले भवनको डिजाईन गरिएको बताए ।

‘सबै स्थानीय तहको केन्द्रमा भवन छैन, भएका स्थानमापनि पूराना भवनले नपुग्ने स्थिति हुनसक्छ । जनप्रतिनिधी आएपछि भवन बनाउने पहल थाल्छन्,’ उनले भने ‘सबै तिरका गाउँपालिका/नगरपालिका, उपमहानगर र महानगरको भवनमा एकरुपता देखियोस भन्ने चाहना राखिएको छ ।’

उनले अबका दिनमा जनप्रतिनिधी, कर्मचारी र सेवाग्राहीलाई सहज हुने किसिमले भवनको डिजाइनहरु प्रस्ताव गरिएको बताए । मन्त्रालयले गाउँपालिका र नगरपालिकाका लागि ४ प्रकारको वडा कार्यालयका लागि ६ प्रकारका नमुना नक्साहरु तयार पारेको छ । मन्त्रीस्तरीय निर्णयबाट स्विकृत गराई उक्त नक्सालाई सबै स्थानीय तहलाई पठाइएको छ । स्थानीय कार्यपालिकाले आफ्नो आवश्यकता अनुसार मन्त्रालयले प्रस्ताव गरेको कुनैपनि नक्सा मध्ये एउटा रोजेर काम गर्न पाउने पूर्वाधार महाशाखाका सिनियर डिभिजनल इन्जिनीयर महेश अर्यालले बताए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्