Logo

प्रधानमन्त्री हुने पौडेलको ईच्छा : दिल ठूलो बनाउन देउवालाई आग्रह



काठमाडौं २० जेठ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । आजको कान्तिपुरमा खबर छ । पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए ।

दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस्