Logo

राजपालाई चुनौति दिन जनता दलले आठ पार्टीसँग चुनावी एलाईन्स गर्ने



अभिमनु कुमार पटेल : रौतहट, २०जेठ । मधेशको मुदाका लागि लगातार रुपमा आन्दोलन गर्दै आएका राष्ट्रिय जनता पार्टीलाई मधेशमा टक्कर दिन नेपाली जनता दलले मधेशमा रहेका विभिन्न पार्टीहरु चुनावी तालमेल बनाउने कार्यमा तिव्रता दिइएको छ ।

मधेशको ६ पार्टीको एकिकरण पछि मधेशमा बलियो पार्टीको रुपमा स्थापना भएको राजपालाई चुनावमा टक्कर दिन नेपाली जनता दलले करिब एक हप्ता अगाडिबाट पार्टीहरु संगको चुनावी एकिकरणको कार्यमा सक्रिय भएका छन् ।

पहिलो चरणको चुनावी एकिकरणमा नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले खम्बुवान राष्टिय मोर्चा, संघिय लोकतान्त्रिक मंच थरुहट, राष्टिय जनमुक्ती पार्टीलाई समिलित गराएका थिए भने त्यस्तै दोस्रो चरणमा मुलबासी मुक्ती पार्टी, बहुजन समाजवादी, आम आदमी पार्टीलाई समिलित गराएका थिए ।

पार्टीको चुनावी एकिकरणमा सक्रिया रहेका अध्यक्ष साहले गएको दुई दिनमा नेपाली श्रमिक शक्ति पार्टी र डेमोके्रटिक पार्टी एलाइन्स संगको सहकार्य गरि झन्डैं आठ वटा पार्टीलाई नेपाली जनता दलको चुनाव चिन्हबाट स्थानिय निकायको निवार्चनमा भाग लिने बनाएका छन् ।

मधेश विकास तथा मधेशको मुद्दाका लागि लडदैं आईरहेको नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले मधेश र मधेशीको मांग पुरा गराउन आफु र आफुसंग चुनावी तालमेल गरेका सबै दलहरु सधै भरि अगाडि रहने बताउदैं हाल सम्म आफ्नो पार्टी नेपाली जनता दलको च्नाव चिन्ह लालटेनबाट चुनावमा आठ वटा पार्टीहरु सामेल हुने र आउदा दिनमा उक्त पार्टीहरु आफ्नै पार्टी नेपाली जनता दलमा हुने संकेत समेत रहेकोले हाम्रो पार्टी राजपा र अन्य मधेशी पार्टीहरु भन्दा ठुलो रहेको ठोकुवा गरेको छन् ।



प्रतिक्रिया दिनुहोस्