Logo

देउवाद्धारा आधिकारिक प्रस्ताव आए समर्थन गर्ने राजपा नेपालको तयारी



काठमाडौं, २० जेठ । राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्ने भन्नेमा अहिले नै आधिकारिक निर्णय गरेको छैन । तर देउवाले आधिकारिक पत्र पठाए सहयोग गर्ने राजपाको तयारी रहेको छ ।

राजपाका शीर्ष नेता राजेन्द्र महतोले पत्रकार ऋषि धमलासँग भने,‘हामीलाई आधिकारिक रुपमा समर्थनको लागि पत्र आए, हामी समर्थन गर्न सक्छौं, तर पहिले पत्र आउनुपर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा प्रधानमन्त्रीमा उम्मेद्धवारी दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्