Logo

आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान



 

सोलुखुम्बु, २० जेठ । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो ।
आरोहणको मुख्य मौसम ९चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म० यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् ।

अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिनुभयो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १५ ९मे २९० भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १८ गते ९जुन १० भित्र आधारशिविर खाली गरिसक्नुपर्ने नियम छ । धेरैजसो आरोही जेठको १४ र १५ गते नै फर्किएका थिए ।

‘सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढ्न जाने, त्यतीवेला त्यहाँ बसुँबसुँजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो’–कार्यक्रम संयोजक राईले भन्नुभयो ।

आधारशिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधारशिविर पूर्णरुपमा सुनसानमा परिणत हुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्