Logo

१२ वर्षपछि देउवाको शानदार ‘ईन्ट्री’, यस्ता छन् चूनौति, अवसर र संभावना



ऋषि धमला : काठमाडौं, २० जेठ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रधानमन्त्रीको लागि उम्मेद्धवारी दर्ता गराएका छन् । देउवाले भोलि नै मुलुकको ४० औं प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्दैछन् ।

संसदको मुख्य ठूलो दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता र संसदकै तेस्रो ठूलो दल माओवादी केन्द्रको समर्थनका कारण देउवाको सत्तारोहण निश्चित छ। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तावक तथा कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक छन् ।

प्रधानमन्त्रीको उम्मेद्धवार बनेका देउवाको पक्षमा प्रष्ट बहुमत देखिन्छ । संसदमा अहिले कुल ५९३ सांसद छन । सामान्य बहुमतका आधारमा प्रधानमन्त्री चयन हुनाले प्रधानमन्त्री बन्न देउवालाई २९७ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्रीको उम्मेदवार देउवाकै पार्टी नेपाली कांग्रेससँग २०६ सांसद छ । देउवाको प्रस्तावक रहेको नेकपा माओवादी केन्द्रसँग ८१ सांसद छ भने फोरम लोकतान्त्रिकसँग १६ सांसद छन । तीन सांसद भएको नेकपा संयुक्तसँगै एक(एक सांसद भएको अखण्ड नेपाल पार्टी र समाजवादी जनता दलले पनि समर्थन गरेका छन् । यो जोड्दा ३०८ हुन्छ ।

अन्य साना दलहरुको समर्थन पनि रहेको र देउवाको पक्षमा ३११ पुगिसकेको छ । देउवा झण्डै १२ वर्षपछि मुलुकको ४० औं प्रधानमन्त्रीको रुपमा पूनः मुलुकको बागडोर सम्हाल्ने तयारीमा छन् । पछिल्लो एक दशक यता देउवाले थुप्रै आरोह अवरोह भोगेका छन् । उनी अन्तिम पटक प्रधानमन्त्री ०६१ मा बनेका थिए । तर उनलाई राजा ज्ञानेन्द्रद्धारा असक्षमको बिल्ला भिराएर हटाएका थिए । तर देउवा विचलित भएनन् । उनले पार्टीभित्र थुप्रै संर्घष समेत गरेका छन् । उनले सुशिल कोइरालको निधनपछिमात्रै कांग्रेसको बागडोर सम्हाल्ने अवसर पाए । कांग्रेसको ईतिहाँसमा देउवाजस्तो ईतिहाँस बोकेको व्यक्ति सायदै विरलै होलान् । उनलाई पार्टीले कारबाही गर्यो । लगतै उनले अर्को पार्टी खोले । नेपाली कांग्रेस प्रजातान्त्रिक नामक पार्टी करिब ५ वर्ष नै चलाए। ०६४ मा उनले पार्टी एकता गरे । त्यसपछि पनि उनले पार्टीभित्र लगातार संघर्ष नै गर्नुपर्यो । देउवाले कोइलाका विरुद्धमा निकै संघर्ष गर्नुपरेको थियो ।

देउवा कांग्रेसबाट सर्वसम्मतीले प्रधानमन्त्रीको उम्मेद्धवार बनेका छन् । उनमा विशेषत: संख्या निपुणता देखिन्छ । एक नेताले भने,‘हाम्रा पार्टी सभापति अंक गणित मिलाउन पनि सफल हुनुहुन्छ, उहाँ कांग्रेसबाट सर्वसम्मतीले उम्मेद्धवार बन्नुभएको छ।’

सभापति देउवामा पार्टीभित्र समन्वय गर्ने क्षमतापनि छ । सभापति देउवाको कोइराला परिवारभित्रपनि अत्यन्तै राम्रो छ । महामन्त्री डा. संशाक कोइरालसँग राम्रो सम्बन्ध छ । यो सम्बन्धका सूत्राधार भने दिपक खड्का । रामचन्द्र पौडेल नै समर्थक बने । उनले पनि पार्टी सभापति देउवालाई समर्थक बने । प्रचण्डजस्तो सहयात्री पाएका छन् । विजयकुमार गच्छदार, देउवाको सेकेण्ड म्यान भएर काम गर्न आईपुगे ।

समन्वयकारी भूमिका छ । उनी एउटा सफल प्रधानमन्त्री बनेर तीन तहकै निर्वाचन । उनको लागि एउटै चूनोति छ । त्यो हो, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुमधुर बनाउने । यतिवेला ओली र देउवाको सम्बन्ध चिसिएको छ । खासगरी संविधान संशोधनलाई लिएर यी दुई नेताहरुवीचको सम्बन्ध त्यति राम्रो छैन् । मधेशी मोर्चालाई विश्वासमा लिनको लागि पनि देउवाले प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर जानु नै वुद्धिमानी हुने छ।

त्यस्तै दोस्रो चूनौतिमा उनलाई विगतमा प्रजातन्त्र दरबारलाई बुझाएको आरोप थियो, अब त्यो आरोप पखाल्ने अवसर छ । तीन तहकै निर्वाचन समयमै सम्पन्न गर्नु देउवासामू ठूलो चूनौति छ । यदि देउवाले राजपा नेपाल, संघीय गठबन्धनलाई पनि चुनावमा सँगै लिएर जान सके उनले ठूलो सफलता हात पार्न सक्ने बुझिएको छ ।

उता देउवाको यतिवेला छिमेकी मित्रराष्ट्रलाईपनि मिलाएर लैजाने राम्रो अवसर छ । किनकी उनको यतिवेला भारत र चीनसँगपनि उतिकै प्रगाढ सम्बन्ध छ । भारतीय संस्थापन पक्ष खासगरी भाजपा र प्रधानमनत्री नरेन्द्र मोदीसँगपनि देउवाको राम्रो सम्बन्ध छ । मोदीको सुरक्षा सल्लाहकार अजिद दोभल र गृहमन्त्री राजनाथ सिंहसँगपनि राम्रो सम्बन्ध छ ।

देउवा कृष्णप्रसाद भट्टराईका अनुयायी हुन् । ०४८ सालमा देउवा ३० वर्षको उमेरमा गृहमन्त्री बनेका हुन् । प्रधानमन्त्रीको रुपमा उनी पूनः सत्तारोहण गर्दैछन् । त्यो पनि ७० वर्षको उमेरमा । देउवा खासमा भाग्यलेपनि साथ दिएका नेता हुन् । पुर्नस्थापित प्रजातन्त्रकाल २०४६ पछि कांग्रेसको सत्ता राजनीतिमा उदाएको हो देउवाको राजनीति। उनी २०४८ मा पहिलो पटक गृहमन्त्री हुँदै तीन पटक प्रधानमन्त्री हुन सफल भए।

पूर्व प्रधानमन्त्री देउवाले २०६३ को परिवर्तनपछि पहिलोपटक सत्ताको नेतृत्व गर्न लागेका हुन्। संविधान जारी गर्ने सरकारको नेतृत्व सभापति सुशील कोइरालाले गरेजस्तै यो संविधान कार्यान्वयन गर्ने सरकारको नेतृत्व देउवाले गर्दैछन्। यस अर्थमा उनको यो सत्तारोहणको सफलता वा विफलता उनको मात्रै होइन पार्टी, संविधान र व्यवस्थाकै जग मजबुत पार्ने वा कमजोर पार्ने भन्नेमा जोडिन्छ।

त्यसबाहेक २०७४ माघ अघि नै संघीय तथा संसदीय चुनाव सम्पन्न गर्नु पनि नयाँ प्रधानमन्त्रीका रुपमा मुख्य चुनौती रहनेछ। पहिलो चरणको स्थानीय तह चुनाव ३१ वैशाखमा अपेक्षाकृत शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएका कारण देउवालाई सत्तारोहणका मुखैमा दोस्रो चरणको चुनाव गराउन उति सारो हम्मे पर्नेछैन। किन भने यो चुनावमा भाग लिन्न भन्ने राजपाले पनि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर चुनावमा भाग लिने अघोषित तयारी गरिसकेको छ। देउवाको सत्तारोहणको सबल र सुखद् पक्ष नै यही हो।

उनको सरकारको बहुमतीय गणितको चिन्ता गर्नुपर्ने अवस्था नरहे पनि विपक्षी प्रहार सधैँ सामना गरिरहनु पर्नेछ। १० महिने कार्यकालमा सधै विपक्षी एमालेको घेराबन्दीमा परेर बिताएका प्रधानमन्त्री प्रचण्डका जुन चुनौती थिए, तिनै चुनौतीहरुको सामना अब देउवाले गर्नुपर्नेछ। देउवा सत्ताकालमा एमाले अझै आक्रामक र कठोर विपक्षीका रुपमा प्रस्तुत भएमा त्यो नै देउवाका लागि मुख्य चुनौती रहने छ।

तर यी सबै हुँदाहुँदैपनि देउवासँग आफूलाइ सफल सिद्ध गर्ने संभावना उतिकै छन् । देउवालाई पार्टीभित्रैबाटपनि धेरै राम्रो साथ रहेको छ । अर्का खेमाका बरिष्ठ नेता रामचन्द्र पौडेललेपनि उनलाई निकै साथ र सहयोग गरिरहेका छन् । यो बीचमा देउवा र पौडेलवीच सम्बन्ध सुमधुर र प्रगाढ बनाउनको लागि कांग्रेसकै प्रभावशाली नेताहरुले पुलको काम गरेका छन् । कांग्रेस नेता तथा हालका खानेपानी राज्यमन्त्री दिपक खड्काले महामन्त्री संशाक कोइराला र देउवावीच सम्बन्ध सुमधुर बनाउन कठोर मेहनत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्