Logo

सभापति देउवालाई सघाउन काँग्रेसको आह्वान



काठमाडौँ, २० जेठ । नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि समर्थन गर्न आग्रह गरेको छ ।

पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलका सभापतिको नेतृत्वमा गठन हुन गइरहेको सरकारलाई सहयोग गर्न आह्वान गर्दै सबै राजनीतिक दललाई पत्र पठाइएको पार्टीका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

आइतबार संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने विश्वास व्यक्त गर्दै उहाँले अधिकांश राजनीतिक दलले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने आशा लिएको बताउनुभयो । मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । रासस



प्रतिक्रिया दिनुहोस्