Logo

संसद बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित्, एमालेसँग सहमति खाज्ने प्रयास



काठमाडौं, २१ जेठ । व्यवस्थापिका–संसदको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित् भएको छ ।

आईतबार विहान ११ बजे बस्ने भनिएको संसद बैठक आजै दिउँसो ३ बजेसम्मको लागि स्थगित् भएको हो । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख दलहरुवीच सहमति खोज्ने उद्देश्यले बैठक केही घण्टाको लागि पर सारिएको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा ल्याउनको लागि संसद बैठक सारिएको उनले बताए । एमालेले आजको बैठकपनि अवरोध गर्ने निर्णय हिजै गरिसकेको थियो ।

निर्वाचन आयोगको शनिबार बसेको बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पूनः मतदान गर्ने निर्णय गरेको भन्दै त्यसको विरोधमा संसद बैठक नै अवरोध गर्ने चेतावनी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot