Logo

२५ वर्षीया नेपाली युवतीको दुबईमा हत्या



काठमाडौं २२ जेठ । यूएईको दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।

अबदाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ। कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन’, अर्यालले भने । हत्या गरेको लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ ।

घरेलु कामदारको रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँका हुन् । लप्साङ चार वर्षदेखि दुबईमा कार्यरत थिइन् ।



प्रतिक्रिया दिनुहोस्