Logo

उपत्यकामा बर्षकै सबैभन्दा गर्मी



काठमाडौं २२ जेठ । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा ) ३१दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।



प्रतिक्रिया दिनुहोस्