Logo

पेस्तोल सहित एक पक्राउ



राजविराज, २२ जेठ । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताउनुभयो ।

प्रहरी उपरीक्षक दिवेदीका अनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग हुने चार राउन्ड गोलीसमेत बरामद गरिएको छ । पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान थालिएको प्रहरीले बताएको छ । रासस



प्रतिक्रिया दिनुहोस्