Logo

कालिकोटको पलाताबाट स्वास्थ्यमन्त्री थापालाई खुल्ला पत्र



गगन कुमार थापा ज्यु, हार्दिक जयनेपाल ।

अर्जुन बम, तपाई प्रति धेरै नेपालीको भर छ । यो भरोशालाई झन उच्चपार्नु भएको छ । हुनेछ भन्ने मेरो आशा पनि छ । त्यसको सबैले स्वागत गरेका छन। म जस्ता लाखौ युवाको आस थपिएको छ।

तर आज म सुन्दै छु । मलाई माफ गर्नु होला । आज जुनसुनै सञ्चार मिडियामा आईरहेको छ । म फेरि पनि स्वास्थ्यमन्त्री हुन चाहान्छु भनेर..। तपाईले सातवर्षको लागि तयार पारेका स्वास्थ्य सम्बन्धि योजना सफल कार्यन्वयन गर्नको लागि तपाई नै हुनु अस्वभाविक होईन ।

तर पनि मेरो फकर मत छ । हुनुत म एउटा विकट क्षेत्र कालिकोट जिल्ला पलाता को युवा हो ! त्यसैमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पनि हुँ । त्यसैले म लेख्दै छु ।

तपाई स्वास्थ्य मन्त्री हुनुभयो धेरै समस्या सावधान पनि भए । नढाटि भन्ने हो भने ति समाधानहरू सहरमा मात्रै भए । दुरदराजमा तपाईका कदमले कुनै असर पार्न सकोनन् । मेरो गाउँको व्यथा उस्तै छ । कथा उस्तै छ । परिवर्तन नि भएको छैन ।

हुनुत धेरै ठाउँ धेरै परिवर्तन भयो स्वास्थ्य सेवा पनि सबैले पाए होलान। तर मैले पाएको अनुभव कालिकोट लगायत यस क्षेत्र जस्तै विकटमा तपाईबाट अपेक्षा गरिए अनुरुपको कुनै सेवा पाईएन्। पाएको जस्तो लागेन ।

तपाईलाई स्मरण गराउँन चाहन्छु कुरा गएको पुष मैनाको कुरा हो । तपाईलाई भेट्न तपाईंको निवासमा पुगेको थिए ! कारण थियो । नेपाली काँग्रेस कालिकोटका पुराना नेता तथा पुर्व गाविस अध्यक्ष सुर्जिम बम सिकिस्त बिरामी परेका थिए ।

कालिकोटको गाउँबाट राजधानीको सिनामंगलस्थित काठमाण्डौ मोडल हस्पिटल माराखेर तपाई सामु पुगेको थिए । तर तपाईको सामु जुन साथ सहयोगको अपेक्षा लगेर गएको थिए ।

त्यही आशा निराश भए फर्के । त्यसको केहि दिनपछि आदरणिय अध्यक्ष सुर्जिम बम हामीले सदाका लागि गुमायौ। मतलव आर्थिक अभावकै कारण उहाँले जीवन गुमाउँनु पर्यो ।

स्थानीय तहको निर्वाचनमा उहाँको कमिले कालिकोटको पलाता गाउँ पालिकामा काँग्रेस हार्नु बेहोर्नु परेको सत्य हो । न त स्वास्थ्य सुबिधा गाउँमा दिनु भयो । न हामीलाई सहरमा आउँदा सहयोग गर्नु भयो ।

अन्तमा, फेरिमन्त्री बन्ने सपना देख्नु राम्रो हो तर तपाई परिर्वतनको हिमायति भएको कारण अरु यूवालाई काम गर्ने अवसर दिनुस्। मेरो आग्रह ।



प्रतिक्रिया दिनुहोस्