Logo

एमालेले कलाकारको सम्मान गर्न सकेन : गायक थापा



cpn-uml-1

रमित बि.क : बाजुरा, २६ जेठ। चर्चित लोक देउडा गायक, कलाकार लालबहादुर थापाले बुुढिगंगा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ । कलाकार थापा बुधबार दिउँसो सदरमुकाम मार्तडीमा पत्रकार सममेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ् ।

विगत २०५४ साल देखि नेकपा एमालेको संगठित सदस्य भई काम गरें तर, एमालले आफुलाई कहिलै सहयोग नगरेको आरोप कलाकार थापाको रहेको छ । २७ वर्ष देखि एमालेको संगठनमा रहि काम गरें पनि नेकपा एमालेले आफूलाई कुनै अवसर दिएन उहाँले भन्नुभयोे ।

पार्टी सुन्यता देखि हालको उचाई सम्म कतै टहसमहस नभई बिखण्डनको बेलामा समेत पार्टीको पक्ष मै रही काम गरे,संकटकाल र सहजकाल नभनी निरन्तर काम गर्दै आएको,पार्टी हितका लागि ज्यान दिएर लागि पर्दा पनि पार्टी नेतृत्व र कुनै अवसर नपाएको । नेताहरुवाट गैर जिम्मेवार गैर मुल्यांकन मनोमानी ब्यबहार मन नपरेकोले पार्टीबाट राजिनामा गरेको छु ।

एमाले पार्टी अध्यक्षलाई सम्बोधन गरी थापाले लेखेको राजिनामा पत्रमा उल्लेख गरिएको छ । थापाले बुढिगंगाका लागि आफूले यस अघि पनि सडक, यातायात,खानेपानी शिक्षा क्षेत्र लगायतका क्षेत्रमा काम गर्दे आएको बताउनुभएको छ । आउँदो असार १४ गतेको स्थानीय तहमा बुढिगंगा नगरपालिकाको स्वतन्त्र उम्मेदवार उठ्ने छु मलाई सहयोग गर्नु होला कलाकार थापाले आग्रह गर्नुभएको छ ।

मलाई बुढिगंगाको मेयरमा जिताउनुभयो भने यहाँको जलजमिन,जंगल को संरक्षण सम्बद्र्धन,सुलभ शिक्षा र युवालाई स्वरोजगारका अवसर प्रदान गर्ने छु,प्रत्येक वडामा मोटर बाटो पुु¥याउने बताउनुभएको छ । त्यसैगरी राज्यवाट प्राप्त भएको बजेटको पनि भरपुर सदुपयोग गर्ने प्रण गर्दछु थापाले बताउनुभयो ।

कलाकार थापाले सेरावगर ताल,मेरी पियारी,छान्ना थलाराको सेरो,छुटी मायाजाल,हिरामोती हार लगायत दजर्नौ कर्ण प्रीय लोक देउडा गाएका छन् । स्वरका धनी थापाले कलाकारिताको माध्यामबाट जिल्लाको समाजिक साँस्कृतिक र राजनितिक क्षेत्रमा ठूलो योगदान पुु¥याउनुभएको छ । कलाकार थापा स्थानिय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने जिल्लाकै पहिलो उम्मेदवार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्