Logo

रविनको निर्देशनमा ‘यो कालिको हासो’ बजारमा



 

काठमाडौं, २७ जेठ । केहि समय पहिले मात्रै रविन शंकरले नृत्य तथा निर्देशन गरेको बादलुको घेरो बोलको गीतको चर्चा नसेलाउँलै अर्को दम्दार गीत बजारमा आएको छ ।

रविन शंकर नेपाली म्युजिक भिडियो तथा निर्देशनमा चर्चा बटुल्दै आएका कलाकार हुन् । आशिस म्युजिक प्रा.लीद्वारा बजारमा ल्याइएको ‘यो कालिको हासो’ यस गीतमा टेक बहादुर सुनार र शान्ती घर्ति मगरले स्वर दिएका छन ।

यस गीतमा शब्द भने अमरसिङको रहेको छ । त्यस्तै संगीत सुनार आफैले भरेका हुन् । रविन शंकर आफैले नृत्य तथा निर्देशन गरेको यस भिडियोमा आरुषी मगर र उनको व्यापक केमेष्ट्री देख्न सकिन्छ । दुर्गा पौडेलले छायांकन गरेको उक्त भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन ।

विगतका म्युजिक भिडियोहरुबाट पनि व्यापक सफलता प्राप्त गर्न सफल निर्देशक रविकन शंकर यस म्युजिक भिडियोले पनि बजारमा चर्चा बटुल्नेमा विश्वस्त देखिएका छन ।

 



प्रतिक्रिया दिनुहोस्