Logo

घायल चरिकोसाथ उदाए गायक विकास संगम



काठमाडौं, २७ जेठ। गायक विकास संगम राई नेपाली गीत संगीतको थसलमा परिचित नाम हो । उनले हालसम्म आधा दर्जन बढि गीतमा आवाज भरि सकेका छन् । ‘घायल चरि’ नामक गीति एल्वम लिएर आएका गायक राई खोटाङको रुपाकोट मझुवागडि-३ मा जन्मेका हुन् ।

२३ बर्षिय राई अनेक नेपाली विधाका गीत गाउँने क्षमता राख्छन् । उनलाई नेपाली गीत संगीतको क्षेत्रमा चिनाउनको लागि “घायल चरी” र “नथ्थिवाली” ले महत्वपूर्ण भूमिका खेलेका छन् ।

केही समय यता “माया देउ”, “गाउँघरमा बस्दा” जस्ता टिपिकल गीतको तयारीमा जुटेको गायक राई बताउँछन् । गीत संगीतको क्षेत्रमा लागेर बाँच्न मुस्किल छ भन्नेहरूका लागि उनी  निरन्तरता दिनको लागि आग्रह गर्छन् ।

वर्तमान गीत संगीतको बजार खस्किँदै गएको स्विकार गर्ने गायक राई यूटुवमा गीत राखेर कलाकारलाई बाँच्ने दिन आउँनेमा विश्वस्त छन् । असारमा घायल चरि, नथ्थीवालीको छायाङ्कन गर्ने बताउँछन् ।

‘घायल चरी’ नामक उक्त गीतमा भने उनले सञ्चारकर्मी पवन भट्टराई र मोडल सञ्चिता शाहीलाई अनुबन्धन गरिसकेका छन् ।  त्यसैगरि अर्को चर्चित गीत नथ्थीवालीमा अन्य चर्चित कलाकारको अभिनय रहने गायक राईले जानाकारि दिए ।



प्रतिक्रिया दिनुहोस्