Logo

गोपिकाको यथार्त जीवन कथा



काठमाण्डौं, २८ जेठ । गोपिका नेपाल सिन्धुपाल्चोक धुस्कुन गाबिसमा एक साधारण परिवारमा जन्मिएकी उनि सानै देखि नै चन्चले स्वभावकि थिन् ।

कसैको देखा सिखि अनि नक्कल गर्न निक्कै सिपालु थिइन। पारिवारिक स्थितिले गर्दा उच्च शिक्षा हासिल गर्न नपाउदै प्रवासिनु परेको तितो एथार्थ साट्छिन।

उनि अघि भन्छिन्,‘गाउँ घरमै रहदा पनि धेरै अनेक हन्डर खेपेकी छु, कहिले खेताला मेलापात त कहिले बालुवा चाल्दै बोक्दै पिठ्युँ खियाएकी थिए त्यो पल अझैपनि स्मरणमा ताजै रहेको छ।’

बुढा बाआमा सकि नसकी कामगर्दै पढाई खर्च हेर्दिनुपर्ने स्थिति थियो, परिवाको खुशीका लागि आफ्नि दिदीले सानैदेखि गरेको दुख परित्याग, यो उन्लाइ राम्रो लागेन त्यसपछि विकल्प खोज्ने क्रममा त्यो बेला एक खाल्को लहर पनि चलेको थियो वैदेशिक रोजगारको । उनी पनि यो लहरबाट टाढा रहन सकिनन, अन्तत उनले झट्ट वैदेशिक रोजगारलाई देखिन जुन अहिलेसम्म उनको बिकल्प बन्न पुगेको छ।

भाइ बहिनीलाई राम्रो शिक्षा दीक्षा दिलाउने आफुले पड्न नपाए पनि सानाभाइ तीनिहरुको उज्वल भबिस्य कोर्न बुडा बाआमाको केही हदसम्म भए पनि दुख कमि गराउने यो सोचाइका साथ एउटा छुटै जीवन प्रगति को आसा लिदै धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न परदेश लाग्छे एक छोरी हिम्मत कसेर एक महिला भै कन एत्ति ठुलो चुनौतीपूर्ण साहस गरिन।

साइप्रसको निकोसिया नजिकैको लिमासुल सहर त्यो पहिलो दिन जुन नेपाल छोडेर जादाको पल स्मरणमा ताजा छाप बनेर बसेको बताउछिन् ।

उनी अघि थप्छिन्,‘नयाँ परिबेस फरक चालचलन फरक भासा हद सम्म गाह्रो लाग्त्यो,कत्ती रात त रोएर पनि गए घर परिवारको सम्जनामा भन्थिन उनी तर ती भन्दा ठुला आसाका पहाड थिए, एउटा सपना थियो परिवारको निम्ति, एक सानो घर कमैयाँको काम गर्नुपर्ने काम गर्दै जादा भासा लगाएतका हर कुरा थोरै सजिलो महसुस भयो उन्लाइ गाउँ घरमा खुल्ला परिवेश मा हुर्केकी हदसम्म निसासिएको जस्तै आभास हुन्थ्यो तर पनि आपेक्षित काम र दाम दुबै नमिल्दा बस्न मन लागेन, साल जसोतसो बित्यो तेस्तै दैनिकी चल्दै थियो अचानक अझै धेरै कमाउने रहर जाग्यो अरुको लैलै मा पनि लागे र अबैधानिक रूपमा कमैया कै काम गर्न सुरु गरे केही कमाउन त सके इलिगल भएर तर चुनौती घट्नु को सट्टा चाङ लाग्दै थियो चुनौतीको, मैना इलिगल भएर कआम गर्दै गर्दा साइप्रस प्रहरी ले उन्लाइ पक्डीयो र जेल हाल्यो जेल समेत पर्नुपरेको थियो ।’

६ दिनको जेल जीवन बिताए पस्चात त्यहाँ को इममिग्रेसन ले उन्लाइ नेपाल फर्काउने निर्णय गर्यो थोरै धेरै परिवार को खुसी पोको पर्दै गोपिका नेपाल फर्किन्छिन। केही समय घर परिवारसँग खुसी साटासाट गरेर फेरि तेहि बाटो हुँदै मलेसिया पुगेकी छ्न आज भन्दा ६ मैना पहिले। अहिले आएर भाइ बैनी पढाएकि छ्न राम्रोसँग।आमा बुवाका लागि खुसी राखेकी छ्न आफ्नो खुसी को प्रवाह नगरी परिवार सुखी खुसी राखेकी छ्न।

अहिले मलेसिया गए सङै अनि उन्का सपनाहरु सङ पनि नजिकिदै गएकी छ्न सानैदेखि गित संगीत लाई माया गर्थिन उनी तु जुन ति उन्ले भोगेका दुख पिर चिन्ता भुलाउने माध्याम नै गित संगीत उन्को नजिक को साथी नै संगीत थियो ।

उन्को नृत्य क्षेत्र मा तेस्तो कुनै अनुभब नभए पनि सोखी थिइन कोठामा कहिलेकाही एक्लै हुदा ढोका थुनेर खुब नाच्ने गर्थिन पर्दामा आउने ठुलो रहर थियो यो रहरलाई एथार्थतामा परिणत गर्न सफल भएकी छ्न अहिले उनि जेपि दर्लामीको मन छुने शब्द रचना गाएक तथा संगीतकार जनक रुचालको संगीत र उदाउदै गरेका संगीत आकाशका चम्किला तार बिक्रम चाम्लिङको आवाजमा रहेको रास्ट्रभाव झल्किने गितमा अभिनय गरेकि छिन् ।

त्यस लगतै थुप्रै अफर हरु आएका विभिन्न प्रोग्राम तिर नृत्यका लागि थुप्रै म्युजिक भिडियोमा अफर आए पनि समय दिन नसकेको र अबका दिनमा समय म्यानेज गर्दै त्यो क्षेत्रलाई उचाई तर्फ लैजाने सोचाइमा छ्न उनी। अबका भाबी दिनमा निरन्तर लागि पर्ने उनी बताउछिन ।



प्रतिक्रिया दिनुहोस्