Logo

एसिया कप छनोट फुटबल : नेपाल र यमनको खेल बराबरीमा सकियो



काठमाडौं, जेठ ३० । एसिया कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत् आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ ।

मध्यान्तरअघि र मध्यान्तरपछि गरी नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो ।यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए ।

फिफा वरियतामा नेपालभन्दा बलियो टोली भएपनि यमनले मंगलबार सशस्त्र प्रहरी बलको मैदान हलचोकमा खासै राम्रो प्रदर्शन गर्न सकेन । यसअघि भने नेपालले कम्तीमा नहार्ने रणनीति लिएर खेल्ने बताएको थियो ।

खेल बराबरीमा सकिएपनि नेपाली खेलाडीले यसअघिका गल्ती–कमजोरी भने हटाउन सकेनन् । छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार व्यहोरेको थियो भने यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्