Logo

एक दर्जन कलाकारको अभिनयमा ‘दुई जिब्रे’



काठमाडौं, ३० जेठ। सर्जक प्रकश कोइराला, अनुपम पौडेल र कलाकार दुर्गा भण्डारी, जनक बर्तौला, मिलन राई, बिमल पाठक, अनिता गौतम, प्रज्ञात केसि, प्रीती राई, सबिता खड्का, राजन उप्रेती, बिमल कर्माचार्य, भरत भाट, दिपेन्द्र दाहाल लगायत एकदर्जन बढि कलाकारको अभिनय रहेको सिरियल हो ‘दुई जिब्रे’।

नेपाल टेलीभीजन प्लसबाट हरेक बुधबार राति  ८ : ५ बजे प्रसारण हुँदै आएको हास्य टेलीश्रीङ्खला दुईजीब्रेले क्रमश दर्शकको मन जित्दै गएको छ।लेखन सिल्पका अनुपम पौडेल यस सिरियलले जुनसुकै ठाउँमा पनि दुई अर्थ लाग्ने प्रक्रियाबाट मानव संसार चलेको सत्यलाई दृश्यमा उतार्न खोजेको बताउँछन् ।

डिएल फिल्म्सको प्रस्तुतिको रूपमा आएको दुईजीब्रे नामक सिरियलमा प्राय सबै नयाँ कलाकारको अभिनय रहेको छ। प्रकाश कोइराला र अनुपम पौडेलले दुईजीब्रेको कथा लेखन र निर्देशन गरिरहेका छ्न भने दुर्गा भण्डारी सिरियलका निर्माता हुन।

सबै नयाँ कलाकार तथा नयाँ नै लेखक र निर्देशकहरुले निर्माण गरिएता पनि सिरियलले राम्रो चर्चा कमाउन सफल भएको छ। सिरियल प्रशारणको छोटो समयमा नै आफुले निर्माण गरेको सिरियलले दर्शकको मन जित्दै गएको निर्माता भण्डारीले बताय। दुईजीब्रे नितान्त हास्यब्यङ्ग्य सिरियल हो।

समाजमा घटने गरेका घटनाहरु र बिकृतीलाई यो सिरियलमा देखाउने कोसिस गरिएको छ।गाउँको कथामा अधारित हास्य टेलिश्रीङ्खला दुईजीब्रेमा समय सान्दर्भिक कुरा उतार्ने गरेको पाइन्छ। दुईजीब्रेले दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै समाजमा रहेका बिकृतीको अन्त्यका लागि थोरै भएपनी सन्देश दिएको छ।

सिरियलमा देखाइने कथा बिल्कुलै फरक शैलीको रहेको र आगामी दिनहरुमा दुईजीब्रे अझ उत्कृष्ट बनाउदै लाने कुरा उक्त सिरियलका कथा लेखक तथा निर्देशक द्वय प्रकाश कोइराला र अनुपम पौडेल बताउछ्न।



प्रतिक्रिया दिनुहोस्