प्रधानमन्त्री देउवाले जब महन्थ ठाकुरलाई प्लिज भनेपछि….


‘आज अन्तिम वार्ता हो, जसरीपनि आईदिनुहोस्’

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर आज साँझ ४ बजे हुने पाँच दलको बैठकमा जसरीपनि सहभागी हुनको लागि आग्रह गरेका छन् ।

मंगलबार साँझ भएको तीन दलको बैठकमा आज साँझ ५ दल बस्नेगरि राजपालाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले बैठक बस्दैछ । तर राजपा नेपालले आज बस्ने बैठकमा सहभागी नजनाउने निर्णय गरिसकेको छ।

राजपाको यस्तो निर्णय बाहिर आएपछि प्रधानमन्त्री देउवाले आजै राजपाका अध्यक्ष ठाकुरसँग फोनवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार अध्यक्ष ठाकुरलाई आजको बैठक निर्णायक भएकोले जसरीपनि सहभागी हुनको लागि देउवाले आग्रह गरेका छन् ।

उता अध्यक्ष ठाकुरले पार्टीभित्र पर्याप्त छलफल गरेरमात्रै निर्णय दिने भन्दै फोन राखेको स्रोतले जनाएको छ।