Logo

सर्जक छिनालको अर्को मन छुने लोकभाका ‘म त बग्ने बालुवा’ बजारमा



काठमाडौं, ३१ जेठ । लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित लय–शब्द संकलक ओम छिनालको लय शब्दमा अर्को निक्कै कर्ण प्रिय लोकभाका बजारमा आएको छ । एकपछि अर्को गीत प्रस्किने क्रममा बग्ने बालुवाको कल्पनामा तयार भएको गीतमा माया प्रेमको कथा समेटिएको छ।

‘म त बग्ने वालुवा’ बोलको गीतमा सुमुधुर आवाजका धनी मौसम गुरुङ र बाला दुराको सुमधुर आवाजमा तयार भएको गीत संचिता शाही र मित्र विसुन्के अभिनय रहेको छ । साथमा बाल कलाकार सिन्जु दुरालाई देख्न पाईन्छ ।

पछिल्लो समयका चर्चित गायक तथा गायिका उत्पादन गरिसकेका छिनाल हाल मौसम गुरुङसँग मिलेर काम गरिरहेका छन भन्दा अन्यथा नहोला ।

यस गीतको निर्देशन कपिल लामाको रहेको छ ।हरिस महाले छायाङ्कन गरेको गीतको सम्पादन सुजन शाहीले गरेका हुन् । यसको बजार व्यवस्थापन शितल सिजन प्रा.लिले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्