Logo

च्याम्पियन्स ट्रफी क्रिकेट : इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा



काठमाडौं, १ असार । आयोजक इङ्ल्यान्डलाई पाखा लगाउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।वेल्सको राजधानी कार्डीफमा बुधबार राती भएको पहिलो सेमिफाइनलमा पाकिस्तान ८ विकेटले विजयी भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपुर्व २ सय ११ रन बनायो ।उसका लागि जो रुटले ४६ रन तथा जोनी बेयरस्टोले ४३ रनको योगदान दिए ।

कसिलो बलिङ गरेको पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुमन रईसले २/२ विकेट लिए ।जवाफमा २ सय १२ रनको चुनौती पाकिस्तानले ३८ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यानहरु अझर अलीले ७६ रन तथा फाखर जमानले ५७ रनको योगदान दिए ।यसैगरी बाबर आजम ३८ रनमा तथा मोहोमद हफिज ३१ रनमा अविजित रहे ।

जितसँगै पाकिस्तानले हजारौं बेलायती समर्थकलाई उनीहरुकै मैदानमा स्तब्ध पार्दै फाईनलमा ठाउँ सुरक्षित ग¥यो ।उपाधिका लागि अब पाकिस्तानले भारत वा बंगलादेशमध्ये आज हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्