Logo

एकसाथ कामगर्दै सलमान र प्रभास



एजेन्सी मुम्बई, १ असार ।‘बाहुबलीु सीरीजले प्रभासलाई एक नयाँ पहिचान दिएको छ । उनको फ्यान फलोइंगलाई देख्दै अब बलीउडका निर्देशक निर्माता पनि उनलाई साइन गर्नका लागि चक्कर लगाइरहेका छन् । केही समयदेखि प्रभास बलीउड फिल्ममा डेब्यू गर्न लागेको खबर पनि नआएको होइन तर आजसम्म यो संभव भएको छैन् ।

खबर आएको थियो कि प्रभास करण जोहरको फिल्मबाट बलीउडमा डेब्यू गर्दैछन् तर हाल प्राप्त जानकारीका अनुसार प्रभास रोहित शेट्टीको फिल्ममा सलमान खानसँग देखिँदैछन् । यस विषयलाई लिएर रोहित शेट्टीले हालैमा मिडियासँग कुराकानी गर्दै बताए, यो हल्ला मात्र हो । मैले प्रभासलाई डेब्यू गराउन लागेको खबरमा सत्यता छैन् ।

रोहितले भने, यो मात्र हल्ला हो । म अहिले ३ हप्तादेखि स्पेनमा फीयर फ्याक्टरु को छायांकन गरिरहेको छु र मलाई थाहा छैन कि यो हल्ला कहाँबाट आयो । रोहित शेट्टीको नयाँ फिल्म गोलमाल अगेनु चाँडै रिलिज हुँदैछ । यो फिल्ममा अजय देवगन, परिणीति चोपडा, तब्बू, अरशद वारसी देखिँदैछन् ।

त्यस्तै, प्रभास अहिले आफ्नो नयाँ तेलुगु फिल्म साहोको सुटमा व्यस्त छन् । सलमान खानको कुरा गर्ने हो भने उनी ईदमा रिलिज हुन लागेको फिल्म ट्यूबलाइटको प्रमोशनमा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस्