Logo

कैदीबन्दीको उपचारका लागि रु आठ करोड खर्च



काठमाडौँ, ४ असार । कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ ।

देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च गर्दै आएको हो । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागारभित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलबाट गरिएको जानकारी दिनुभयो ।

“मानसिक बिरामीलाई पाटन र धुलिखेलबाट तथा क्यान्सर बिरामीलाई चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा प्रदान गर्दै आइरहेका छौँ”, महानिर्देशक घिमिरेले भन्नुभयो ।

विभागले देशभरका ७४ कारागारका बिरामी कैदीबन्दीको उपचारका लागि एक अहेव तथा केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सात चिकित्सकको व्यवस्था गरेको छ । सरकारले कैदीबन्दीको रासन, पानी तथा औषधोपचारका लागि वार्षिक रु ६५ करोड खर्च गर्ने गरेको विभागले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्