Logo

ऋषि धमला नेपाली पत्रकारहरुको महानायक हुन् : सुनिल थापा (भिडियोसहित)



काठमाडौं, ५ असार । बरिष्ठ कलाकार सुनिल थापाले चलचित्र क्षेत्रमा राजेश हमला महानायक भएजस्तै नेपाली पत्रकारिताको महानायक ऋषि धमला भएको बताएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारित कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले पत्रकार धमलालाई नै नेपाली पत्रकारिताका महानायकको संज्ञा दिएका छन् ।
थापाले नपाली चलचित्र क्षेत्रको कुरा गर्दा अहिले व्यापक परितर्वन भएको र गुणात्मक फड्को मारेको बताएका छन् । उनले भने,‘हुन त यो कुरा आज भन्दा २० वर्ष पहिल्यै नै हुनुपर्दथ्यो, तर अहिले निर्देशकहरु पढेर आउनुभएको छ।’ अहिले डिजिटल फर्माट सुरु भएको छ ।

उनले धमलाको हमला नामक कार्यक्रमको नाम धमलाको गमला भैदिएको भए अझै धेरै राम्रो हुने थियो भन्ने धारणा राखेका थिए । उनले भने,‘यो कार्यक्रमको नाम धमलाको गमला भैदिएको भए धेरै राम्रो हुनेथियो, फ्लाउर्स विथ ब्युटिनियस हुनेथियो।’

थापाले आफूले आफ्नो करियरकै सुरुवतामा नेपाली कलाकार भएर ओस्कारसम्म जाने लक्ष्य लिएको अनुभव सुनाएँ । उनले भने,‘त्यही भएर मैले चिनो फिल्म खेलें, त्यतिवेला मलाई सुनिल थापा भनेर मलाई विर्सेर राते काईलाले मलाई चिन्न थाले।’ उनले राते काइलालाई दर्शकले विर्सिए आफू समाप्त हुने समते घोषणा गरे । उनले आफूले पाएको यो नाम मरुञ्जेलसम्म चिनिन पाउनुपर्ने समेत बताए । यद्धपी उनले आफ्नो परिचय रातेकाईला मात्रै नभएर बनढाडे, गुरु, लगायत धेरै उपमा समेत रहेको सुनाएँ ।

पत्रकार धमलाले उनलाई तपाईलाई गुण्डाको रोलमा सुहाउँछ कि गुरुमा भनेर गरेको प्रश्नमा थापाले भने,‘मलाई त दुईवटैमा ।’ उनले आफूले त्यही कारणले हिरोको भूमिकामा नखेलेको स्पष्ट पारे । उनले आउने पुस्ताले आफूलाई के को रुपमा हेर्ने भन्ने कुरा भन्दा पनि सुनिल थापालाई दर्शकहरुले खासगरी युवा पुस्ताले गुण्डा कलाकारको रुपमा मन पराउनुभएको बताए । उनले दर्शककै कारण आफू स्थापित भएको समेत जिकिर गरे ।

उनले पर्दाको गुण्डा सुनिल थापा र जनतामा जाँदाको सुनिल थापामा कतिको फरक छ त भन्ने धमलाको प्रश्नमा प्रतिक्रिया दिँदै भने,‘धर्ती आसमानको फरक छ, पर्दामा म निकै खराब मान्छे हुँ।’ उनले गुण्डाको रोल भनेको पेशा भएको भन्दै यसमा आफूलाई खरो उतार्दा कुनै हिनतामाबोधन समेत नहुने जिकिर गरे ।

थापाले आफू बलिउडमा समेत जमिसकेको स्मरण गराउँदै अब उनको लक्ष्य भनेको कि त नेपालमै राम्रो फिल्म गरेर हलिउडका अवार्डको लागि जाने वा भाग लिने ईच्छा रहेको सुनाएँ । धमलाले यस्तो संभव होला त भन्ने प्रश्नमा उनले भने,‘नथिङ ईज ईम्पोसिवल ईन दिस वल्डर्।’

थापाले पत्रकार ऋषि धमलालाई उल्टै प्रश्न गरेर भने,‘तपाईको पत्रकारिता यात्रा कति वर्ष भयो भनेर प्रश्न गरे ?’धमलाको जवाफ थियो–२० वर्षभन्दा बढि । फेरि थापाले अघि भने,‘जसरी नेपाली फिल्म ईण्डस्ट्रिजमा राजेश हमाल महानायक हुनुहुन्छ, त्यसैगरी महानायक अफ द जर्नालिष्ट अफ नेपाल भनेर मैले तपाईलाई भन्ने गरेको छु, मैले यो कुरा यहाँ मात्रै होईन, तपाईसँग भएका यसअघिका थुप्रै भेटहरुमा भन्ने गरेको छु।’

धमला र थापावीचको रोचक र पूरा अन्र्तवार्ता तलको भिडियो खोलेर हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्