Logo

फिफा कन्फेडेरेसन कप : चिलीद्वारा क्यामरुन २-० ले पराजित



काठमाडौं, ५असार । फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले हराएको छ ।

अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो भिडाल र एडुवार्डो भार्गासले एक–एक गोल गरे ।

आइतबार राति भएको अर्को खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र उत्तर अमेरिका तथा क्यारेबीयन समुहको च्याम्पियन मेक्सिकोले २-२ गोलको बराबरी खेलेका छन् ।

खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नुपरेको हो । पोर्चुगलका लागि रिकार्डो करेज्मा र सेड्रिक सोआरेसले गोल गरेको खेलमा मेक्सिकोका हेभिएर हर्नान्डेज र हेक्टर मोरेनोले एक–एक गोल गर्दै बराबरी गरेका हुन् ।

कन्फेडेरेशन कप फुटबलमा आज एसियाली च्याम्पियन अष्ट्रेलियाले विश्व विजेता जर्मनीसँग खेल्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्