Logo

समाजमा विभेद ल्याउने कुरा नगर्न सुझाव



ताप्लेजुङ, ६ असार । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले निर्वाचन जित्नकै लागि मात्र समाजमा विभेद ल्याउने प्रकारका कुरा नगर्न आफ्ना उम्मेदवारलाई सुझाव दिनुभएको छ ।

सोमबार रासससँग कुरा गर्दै उहाँले कांँग्रेसले जित्ने कुरासँग मात्रै सरोकार नराखी निर्वाचन सम्पन्न गराउन र परिणाममा पु¥याउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहको निर्वाचन ज्यादै महत्वपूर्ण रहेको कुरा सर्वसाधारणलाई बुझाउन र मतदानमा ढुक्कसँग सहभागी हुने वातावरण बनाउन सबै आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्