Logo

राजधानीलाई चीनसँग जोड्ने सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने



काठमाडौं ७ असार । काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ ।

यसपछि गल्छी वेत्रावती– मैलुङ स्याफ्रुबेसी– रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामै पुगिने छ ।

चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्