Logo

विकासका लागि क्रियाशीललाई निर्वाचित गर्न आग्रह



सुरुङ्गा (झापा), ७ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सबै दलको अबको कार्यसूची सामाजिक र आर्थिक विकास हुनुपर्ने बताउनुभएको छ ।

आज बिहान बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै उहाँले ५० प्रतिशतभन्दा बढी अधिकार लिएर बसेको स्थानीय निकायलाई चानचुने नठान्न आग्रह गर्दै स्थानीय ठाउँलाई विकास र समृद्धिसँग जोड्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न आग्रह गर्नुभयो । उहाँले काँग्रेसले चुनावमा नआएको राजपालाई पनि सहमतिबाट चुनावमा ल्याएरै छाड्ने जिकिर गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्