Logo

दुई युवती समुहबीच झडप,एक गम्भीर घाईते



काठमाडौं ८ असार । ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ । झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो ।

महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७ बार्षिया कोपिला गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भईरहेको बताए, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्