Logo

पत्रकारको उपचारमा गण्डकी मेडिकल कलेजमा विशेष छुट



पोखरा, ८ असार । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।

पत्रकार महासङ्घको परिचयपत्रका आधारमा प्रदान गरिने सो सेवाअन्तर्गत जनरल बेडमा निःशुल्क, क्याबिन र ओपिडी तथा इमर्जेन्सी टिकटमा ५०, ल्याब परीक्षणमा २५, युएसजी एक्स–रे, ओटी चार्जमा २० एवम् एमआरआई, फार्मेसी, दाँतको उपचार र इसिजी सेवामा पाँच प्रतिशत सहुलियत दिने भएको हो ।

नेपाल पत्रकार महासङ्घ काँस्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरुको उपचारमा सम्झौता कोसेढुङ्गासावित हुने बताउँदै कास्कीमा सम्झौता भए पनि मुलुकभरिका पत्रकार महासङ्घका सदस्यले तोकिएको सुविधा प्राप्त गर्ने जानकारी दिनुभयो ।

गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले एक वर्षका लागि सम्झौता गरिएको जानकारी दिँदै आगामी दिनमा समेत पत्रकार र परिवारका लागिसमेत थप सुविधा प्रदान गर्ने बताउनुभयो ।

उहाँका अनुसार ३०० शय्याबाट सेवा सुरु गरेको गण्डकी मेडिकल कलेजमा हाल ५५० शय्याबाट स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्