Logo

पूरानै दललाई भोट हाल्नु बेश !



ईन्जिनियर दिपेन्द्र कंडेल : नेपालको विकास पूरानै राजनीतिक दलहरुबाट संभव छ, तर तीनीहरुलाई यतिवेला क्षमता अभिवृद्धि गर्न जरुरी छ । खासमा समस्या भनेको राजनीतिक दल र दलका नेताहरुमा छैन् । बरु, समस्या त दलको प्रशासनिक संरचनामा व्याप्त छ । त्यसैले ठूला तथा पूराना दलहरुको प्रशासनिक पद्धती, संरचना र प्रणालीलाई तत्काल बदल्न जरुरी छ । यसको मतलव के हो भने अब मेरिट बेस प्रणालीबाट नेता चयन गर्नुपर्छ । पछिल्लो समय हामीले नयाँ राजनीतिक शक्तिहरुले पनि पूरानै प्रशासनिक प्रणालीलाई अवलम्बन गरिरहेको हामीले पाएका छौं । जस्तो, स्पोईल सिष्टमबाट नेता हायर गर्ने, अनुभव नै नभएका युवाहरुलाई नेतृत्वमा पुर्याउन खोज्नु ।

जुन हामीले काठमाडौंको मेयरको चुनावमा देख्यौं । त्यसतै क्याम्पसको राजनीति अनि हात जोडेर भोट माँग्ने प्रवृत्ति यी सबै पूरानै प्रणाली अन्र्तगर्तका हुन् । त्यसैले हामीले नयाँलाई भन्दा पनि अहिले पूरानै दलहरुलाई बरु परिवर्तन हुनको लागि मौका दिनुपर्छ । सच्चिनकोलागि एकपटक मौका दिनुपर्छ । किनकी पूराना राजनीतिक दल भनेको त स्थापित भैसकेका छन् । यीनलाई परिवर्तन गराएर ल्याउन सकियो भने भोलि प्रदेश तथा केन्द्रिय संसदको चुनावमा पनि बहुमत ल्याउन सक्ने संभावना रहन्छ । नेपाल विगत लामो समयदेखि अस्थिरताको खडेरीमा रुमलिरहेको छ ।

त्यसैले मुलुकमा स्थायी सरकार स्थापनाको लागि पनि कुनै एक दलल विशेष(पूरानो दलले) बुहमत ल्याउन जरुरी छ । हुन त मुलुकमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । र, यही असार १४ गते दोस्रो चरणको निर्वाचन हुँदैछ । मुलुकले दुई दशक लामो समयपछि आफूले चयन गरेका निर्वाचित जनप्रतिनिधिहरु पाएका छन् । जुन आँफैमा खुशीको कुरा हो । नगरपालिका र गाउँपालिका प्रादेशिक सरकारसँग प्रत्यक्ष जोडिएका हुन्छन् । त्यस्तै प्रदेश सरकार पनि केन्द्रिय सरकारसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

विकासको लागि पनि सबैभन्दा सुलभ, छिटो र छरितो जनताको सेवा गर्न अहिले स्थापित भएका पूरानै दलका प्रतिनिधिहरु चुनिएर आए भने जनताले राहत पाउने मेरो व्यक्ति विश्वास छ । यो स्थानीय तहमामात्रै नभएर प्रदेश र केन्द्रिय संसदको चुनावमा पनि जनताले पूरानै दलका उम्मेद्धवारहरुलाई मत हाल्नु नै बुद्धिमानी हुन्छ । हुन त पहिलो चरणको निर्वाचनमा पनि जनताले करिब ९६ प्रतिशतभन्दा बढि मत पूरानै ठूला दलका प्रतिनिधिहरुलाई हालिसकेका छन् ।

यो अत्यन्तै उदाहरणीय काम हो । त्यसैले अबका बाँकी सबै तहका निर्वाचनमा पनि पूरानै दलका उम्मेद्धवारहरुलाई आफ्नो मत दिनुहोला । लेखक कँडेल पब्लिक ईनोभेटर हुन र उनी हाल दुवईको मोहम्मद् बिन रसिद स्कुल अफ गर्भरमेन्टमा अध्ययनरत छन् । उनी हाल नेपालको “ईकोनोमिक एनालाईसिस अफ फेडरलिज्म ईन नेपाल” टपिकमा अनुधन्धान गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्