Logo

५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउनेबारे आफ्नो पार्टीले निर्णय लिईसकेको दाबी गरे । पौडेलले भने,‘प्रदेश नम्बर पाँचको राजधानी कहाँ हुन्छ ? त्यो कुरा हामीलाई थाहा हुन्छ । पाँच नम्बर प्रदेशको राजधानी वुटवल हुन्छ, कसरी भने, प्रदेशको राजधानी प्रदेश सभाका सदस्यले बनाउँने हो । त्यसैले प्रदेश नम्बर पाँच हामी टुक्राउँन दिदैनौँ। माओवादी र काँग्रेसले चाहेका छैनन् होला । तर एमालले प्रदेश पार्टी कार्यलय वुटवलमा राखेको छ । अन्य पार्टीको छैन् ।’ यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेता पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर ५ मा कस्तो छ निर्वाचनको चर्चा ?

जनतामा उत्साह छ । जनता निर्वाचनको माहोलमा भिजिरहेका छन् ।

बर्षातको समय छ, सबै मतदाताहरू निर्वाचनमा भाग लिन्छ न त ?

यो सरकारको अर्कमण्यताको फल हो । हामीले मुलुक भर एकैचोटि निवार्चचन गर्नुपर्छ भनेर भनेका थियौँ। तर पनि जनता मतदान गर्न आतुर छन् ।

प्रदेश नम्बर पाँचलाई जनता विभाजन गर्न चाहन्छन् नि ?

तपाईलाई यस्तो कुुरा कसले भन्यो ? यस्तो प्रश्न गर्न संकोच लाग्नुपर्ने हो तपाईलाई ।

संविधान संशोधन गरिएको खण्डमा त विभाजित होला नि ?

संशोधन हुनसक्दैन । हामीले सदन र सडकबाटै त्यो संशोधनलाई रोक्यौ । फेरी देउवा प्रधानमन्त्री बन्दापनि संशोधन गर्छु भन्नु भएको छ । पाँच नम्बर प्रदेशलाई टुक्राउँने खेल हुँदैछ । यो सम्भव छैन् । त्यहाँका जनताले मान्नेवाला छैनन् । नेपाली काँग्रेस पाँच नम्बरको तपाई पहाड अलग गर्नेमा लागेको छ। तर ९९ प्रतिशत जनता यसको विपक्षमा छन्।

काँग्रेस नेता चन्द्र भण्डारी र माओवादीका नेता टोप बहादुर रायमाझि पनि टुक्राउँनु हुँदैन भन्नेमा हुनुहुन्छ नि ?

कोही नेता, कोही व्यक्ति होलान् तर काँग्रेस र माओवादी केन्द्र यी दुई पार्टी के चाहन्छन् ? काँग्रेस पार्टीको निर्णय, माओवादी केन्द्रको निर्णय उहाँहरूले के गर्नुहुन्छ ? त्यो मुख्य कुरा हो ।

प्रचण्डले नेपालगंजमा पुगेर पाँच नम्बरको राजधानी नेपालगंजमा हुन्छ भन्नु भयो नि ?

प्रदेश नं पाँचको राजधानी कहाँ हुन्छ त्यो कुरा हामीलाई थाहा हुन्छ । पाँच नम्बर प्रदेशको राजधानी वुटवल हुन्छ ।

कसरी हुन्छ, आधार बताउँनुस् जनता जान्न चाहन्छन् ?

कसरी भने, प्रदेशको राजधानी प्रदेश सभाका सदस्यले बनाउँने हो । त्यसैले प्रदेश नम्बर पाँच हामी टुक्राउँन दिदैनौँ। माओवादी र काँग्रेसले चाहेका छैनन् होला । तर एमालले प्रदेश पार्टी कार्यलय वुटवलमा राखेको छ । अन्य पार्टीको छैन् ।

बहुमत आएन भने के हुन्छ ?

पाँच नम्बर प्रदेश टुक्रापार्ने काम पूर्ण असफल बनाउँने छौँ । जुन सुकै शक्ति आएपनि त्यो एकता टुट्दैन । बुटवलमै यसको राजधानी हुन्छ।

पाँच नम्बरमा कसले बाजि मार्ला ?

अरु पार्टी एकातिर एमाले मात्रै एकातिर भएपनि एमाले जित्छ ।

जितेन भने ?

जित्छ । नवलपरासि देखि बर्दियासम्का सबै जिल्लामा हामी अत्याधिक मतले हामी जित्छाँै ।



प्रतिक्रिया दिनुहोस्