Logo

आर्थिक समृद्घि ल्याउने पार्टी काँग्रेस : नेता थापा



बैतडी, ९ असार । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा आर्थिक समृद्घि ल्याउने पार्टी नेपाली काँग्रेस रहेको बताउनुभएको छ ।

आज बैतडी र दार्चुला कांग्रेसले संयुक्तरुपमा गोकुलेश्वरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेतृत्वको सरकारले मात्रै आर्थिक समृद्घि ल्याउने बताउनुभयो ।

“कांग्रेस जनताको पार्टी भएकाले समग्र देशको विकास गर्न लागिपरेको छ” उहाँले भन्नुभयो, “नेपाललाई बनाउने जिम्मा काँग्रेसको हो, कांग्रेसले जित्यो भने समग्र देशको जित हुन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्