Logo

नेपाली सेनाद्धारा उम्मेद्धवारको घरबाट बम निष्क्रिय



कटारी, १० असार । उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर ४ स्थित् विद्यालय छेउमा नेपाली कांग्रेसका वडाअध्यक्षको उम्मेद्धवार राजिव थापाको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

कटारीस्थित् थापाको घरको मुलगेटमा फेला परेको सकेट बम नेपाली सेनाद्धारा विष्फोट गरिएको पत्रकार विनोद कटुवालले जानकारी दिए । उनका अनुसार थापाको घरमा बेलुकी राखिएको उक्त बम विहान निस्क्रिय गरिएको हो ।

कटारी नगरपालिकाको लागि कांग्रेसबाट मेयरको उम्मेद्धवार ज्ञानेन्द्रमानसिंह राउत छन् भने उप–मेयरमा निर्मला कार्की उठेकी छिन् । कटारीमा कांग्रेसको माहोल अत्यन्तै राम्रो भएकोले हुँदा मतदाताहरुलाई तर्साउनको लागि अज्ञात समूले कांग्रेसको उम्मेद्धवारको घरमा बम राखेको मेयरका उम्मेद्धवार राउतको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्