Logo

दोस्रो चरणको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : वर्षमान पुन, नेता–नेकपा माओवादी केन्द्र



सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । माओवादीले धेरै स्थानमा एक्लैले चुनाव लडेको समेत उनले स्पष्ट पारे । निर्वाचनको तयारी, माओवादी केन्द्रको चुनावपछिको पोजिसन लगायतका विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

अब दोस्रो चरणको निर्वाचनमा माओवादीको स्थान के रहन्छ ?

अहिले म पार्टीका तर्फबाट पाँच नम्बर प्रदेशको ईन्चार्ज छु । पाँच नम्बर प्रदेशमा हाम्रो पार्टी एक नम्बर हुन्छ।

कसरी एक नम्बरमा आउँछ ? रोल्पामै पनि माओवादी केन्द्र हार्ने बहो कि भन्ने हल्ला छ ?

तपाईलाई रोल्पाका जनताको बारेमा थाहा नै छैन् । जनतासँग भलाकुसारी नै भएको छैन् । अनि कसरी थाहा हुन्छ ? म रोल्पा पुगेर फर्किएको छु । रुकुम र रोल्पामा सबै माओवादीले जित्ने पक्का हो । बर्दियामा त्यस्तै राम्रो छ । अरु जिल्लामा पनि हाम्रो अवस्था राम्रो छ ।

जनयुद्धको उद्गम थलो रोल्पा विकास भन्दा पर छ नि ? त्यहाँका नेताहरू उच्च स्थानमा छन् ? तपाई अर्थमन्त्री, कृष्ण महरा, ओनसरी घर्तीजस्ता नेताको जन्मथलो हो नि ?

हो । हामीले विकासका काम थालनी गरेका छौँ। त्यहाँका अन्य पार्टीले पनि स्विकार गरेको विषय हो । सडक पुगेको छ । सञ्चारको पहुँच सबै साबिक गाविसमा पुगेको छ । स्वास्थ्को कुरा गर्दा विगतमा भएको स्वास्थ्य चौकीको स्तरोन्नती गर्दैछौँ।

जनताले चाहे अनुसारको विकासको महसुस गरेका छन् त ?

एकदमै गरेका छन् । बाटोघाटो, खानेपानी, विजुलीको सुविधा छ । माओवादीले विकास गरेको उदाहरणीय जिल्लाको रुपमा रोल्पा पर्छ । हाम्रो एजेण्डा भनेको शान्ति, समृद्धि र विकास हो । जनतालाई आफ्नो अधिकार नजिक लिनु हो ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा तालमेल गर्छ या गर्दैन ?

धेरै स्थानमा हामी एक्लै भिड्दैछाँै । केही स्थानमा काँग्रेससँग तालमेल गरेर अघि जाने योजना बनाएका छौँ। कतिपय ठाउँमा विप्लव माओवादी हाम्रो विरुद्धमा तालमेल गरिरहेको छ । एमाले र काँग्रेस पनि हाम्रो विपक्षमा तालमेल गर्दैछ । हामी मजबुद छाँै । हामी कसैसँग डराउदैनौ ।

उसो भए विप्लव माओवादीले रोल्पामा काँग्रेससँग तालमेल गरेको छ ?

हो । रोल्पाको थबाङ्मा काँग्रेससँग तालमेल गरेको छ । मोहन वैद्यजी नेतृत्वको माओवादी, एमाले, काँग्रेस र विप्लव एक ठाउँमा छन् । हामी रोल्पामा एक्लै छौँ । रुकुममा पनि एक्लै छौँ ।

राजपाले निर्वाचनमा कुनै बाधा नपुर्याउने भयो नि, होईन र ?

राजपाले जुन निर्णय गर्यो यो स्वागतयोग्य छ । अलि पहिले नै राजपाले सरकारको भनेको सुनेर अघि बढेको भए हुन्थ्यो भने आज राजपाका कार्यकर्ता गाउँमा जनताको बीचमा जाने थिए । धेरै जिल्लामा राजपाका कार्यकर्ताहरू निर्वाचनमा भाग लिएका छन् । उहाँहरूले जुन निर्णय गर्नु भयो ।



प्रतिक्रिया दिनुहोस्