Logo

मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)



निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले मौन अवधिमा आचारसंहिता उल्लंघन गरिएको पाए आयोगले कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले भने,‘मौन अवधि सुरुहुनुभनदा पहिले नै निर्वाचन स्थल भन्दा ३ सय मिटर वरपरका सबै निर्वाचन प्रचारसम्बन्धि सामानहरू हटाएको हुनुपर्छ । सामाजिक सञ्जालमा कुनै दलको लागि मत माग्न पाईदैन। झोला, टिर्सट, टोपीजस्ता सांकेत कुरा लगाउन र बिक्री गर्न पाउँदैन् ।’ यीनै विषयमा केन्द्रित रहेकार पत्रकार ऋषि धमलाले आयुक्त पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

मौन अवधिमा उम्मेद्वारले के–के गर्न पाउँछन् ?

मौन अवधिमा उम्मेद्धारले प्रचार गर्न पाउदैन् । मत माँग्न पाउनु हुँदैन । यो नियम राजनीतिकदल सबै बसेर समझदारी गरिएको हो । मौन अवधि सुरुहुनुभनदा पहिले नै निर्वाचन स्थल भन्दा ३ सय मिटर वरपरका सबै निर्वाचन प्रचारसम्बन्धि सामानहरू हटाएको हुनुपर्छ । सामाजिक सञ्जालमा कुनै दलको लागि मत माग्न पाईदैन। झोला, टिर्सट, टोपीजस्ता सांकेत कुरा लगाउन र बिक्री गर्न पाउँदैन् ।

तपाईले भनेकोजस्तै राजनीतिक दलले गरेका छन् त ?

मान्नुपर्छ । निर्वाचनका सबै काम सकिएको खण्डमा कार्बाही हुन्छ ।

कस्तो कारबाही गर्नुहुन्छ ?

२५ हजार जरिवाना देखि उम्मेद्वार खारेजसम्मको कारबाही हुनसक्छ ।

पहिलो चरणको निर्वाचनमा त कारबाही भएन नि ?

निर्वाचन स्थलमा खटिएका सम्पूर्ण कर्मचारीलाई सजक गर्न गराउन भनेका थियौं । मौन अवधिमा निर्वाचनसम्बन्धी आचारसंहिता उल्लंघन भएको खण्डमा तत्काल आयोगलाई जानकारी दिने भनेर भनेका थियौँ । त्यस्तो केही आएको थिएन । अहिले पनि हामीले त्यही भनेका छौ।

जरिवानाबाहेक उम्मेदवारी रद्ध गर्न सकिन्छ ?

घटना अनुसारको कारबाही गर्न आयोग तयार छ । पाँच नम्बरमा पुगेर मैले भनेको छु, दलका नेता तगा कार्यकता कसैलेपनि आचारसंहिताविपरित काम गरेको खण्डमा कारबाही गर्नुस् यदि गर्नुभएन भने आयोगले तपाईलाई कारबाही गर्छ । हिजोमात्रै एक ठाउँबाट खबर आएको थियो । आयोगका कर्मचारी बिदामा बसेर पार्टीको कार्यक्रममा देखिएको र ती कर्मचारीलाई हामीले २० घण्टाभित्र आयोगमा बोलाएका छौं । कारबाही हुन्छ । कानुन अनुसार कारबाही हुन्छ। कानुनको पालना गर्न हाम्रो कर्तव्य हो । आचारसंहिताविपरित कसैले काम ग¥यो भने कारबाही हुन्छ।

पैसा बाँडेको खण्डमा के हुन्छ ?

कारबाही हुन्छ । मदिरा खाएर हल्लिने सबैलाई आयोगले छोड्दैन। अर्घाखाँचीमा मुख्य दल मध्येका कुनै एक दलले हामीलाई त्यहाँ अर्को कुनै दलले पैसा बाँढ्दै छ भन्ने खबर आएको थियो । त्यहाँ रहेका प्रहरीलाई खबर गरी थुनामा राख्नुस भनेका छौँ।

आयोग राजनीतिक दलको प्रभावमा छ नि ?

छैन् । कुनैपनि हालतमा गल्ति गर्नेलाई कारबाही गर्न तयार छ ।

उसो भए यसपाली निर्वाचन आयोगले खुट्टा कमाउँदैन ?

बिल्कुल कमाउँदैन ।

सामाजिक सञ्जाममा अझैपनि चुनाव प्रचार रोकिएको छैन् ?

मौन अवधिपछि त्यस्तो भेटिएको खण्डमा कारबाहीको भागिदार हुनुपर्छ । आचासंहिताविपरित कसैले काम गरेको खण्डमा कारबाही हुन्छ । जनता उत्साहित तरिकाले पर्सिको चुनावको लागि तयारीमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्