कैलाली, १३ असार ।आफैले बोकेको बम विस्फोट हुँदा धनगढीमा एक जनाको ज्यान गएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ खानेपानीटोलमा हिजो (सोमबार) राति ९ : ४५ को समयमा उक्त घटना भएको हो ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंह आफैले बोकको सुतली बम विस्फोट भएको हो ।
जि एन्ड सन्स रेस्टुरेन्ट नजिक उक्त घटना भएको छ । विस्फोटपश्चात घाइते सिंहलाई उपचारको लागि स्थानीयले सेती अञ्चल अस्पताल लगेका थिए ।
उनको टाउको पछाडीको भाग लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया