Logo

५ नम्बर प्रदेशमा कुनै थ्रेट छैन्, ढुक्क भएर मतदान गर्नुहोस् : डेकेन्द्र राज शर्मा पौडेल-पश्चिमाञ्चल क्षेत्रिय प्रशासन प्रमुख



पश्चिमाञ्चल क्षेत्रिय प्रशासन प्रमुख डेकेन्द्र राज शर्मा पौडेलले प्रदेश नम्बर ५ मा निर्वाचनको सम्पूर्ण तयारी भैसकेको जानकारी दिएका छन् । उनले भोलि हुने निर्वाचनको लागि सुरक्षा व्यवस्था समेत मजबुद बनाईएको जनाए । पत्रकार ऋषि धमलाले ५ नम्बर प्रदेशको चुनावी तयारीबारे शर्मा पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर ५ को अवस्था कस्तो छ ?

भोलि हुने मतदानको लागि सम्पूर्ण तयारी परा भएको छ । यहाँ सुरक्षा निकायका सबै अंगहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुशन्धान आयोग र नेपाली सेना स्थलगत रुपमा व्यापक र सुक्ष्म रुपमा खटिएका छन् ।

उसो ५ नम्बर प्रदेशमा सुरक्षाको कुनै समस्या छैन ?

भोलि हुने मतदानको लागि यस क्षेत्रका सम्पूर्ण जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र नवलपरासीका सम्पूर्ण मतदातारुलाई ढुक्क भएर मतदान गर्न अनुरोध गर्दछु । सुरक्षाको तर्फबाट सम्पूर्ण प्रत्याभुति मिलाईएको छ । निर्वाचनमा खटिनुपर्ने कर्मचारी सम्पूर्ण खटिनुभएको छ । निर्वाचनमा उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन सफल बनाउनको लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।

प्रदेश नम्बर ५ मा अतिवसंवेदनशील ठाउँहरुपनि छन कि के छ अवस्था ?

संवेदनशील, अतिसंवेदनशील वा असंवेदनशील भन्ने कुरा हुँदैन् । यो त समयले बताउने कुरा हो । आज सामान्य हुने कुरा भोलि असमान्य हुन सक्छ । आज असामान्य भन्ने कुरा भोलि सामान्य हून्छ । त्यस्तै कुनै अप्रिय घट्ना घट्दैन । हामीले स्थलगत, हवाई गस्ती गरेका छौं । यति गर्दा गर्दैपनि छिटपुट घट्ना घट्न सक्ला । तर आम रुपमा भन्दा आम मतदाताहरु निर्वाचनको लागि तयारी हुनुहुन्छ । चूनौति त मैले मौसमको आउला कि भन्ने देखेको छु । पानी परिहाल्यो भने नआँत्तिकन, हतार नगरीकन मतदान गर्नको लागि आह्वान गर्दछु । मतपत्रमा पानी नपारीकन मतदान गर्न आग्रह गर्दछौं ।

प्रदेश नम्बर ५ मा विप्लव नेतृत्वको माओवादी र राजपाले चुनाव विथोल्ने प्रयास गरिरहेको छ भनेर खबरहरु आएका छन्, उनीहरुले चुनाव विथोल्न सक्छन त ? के छ अवस्था ?

राजनीतिक रुपमा कसले के गरिरहेको छ भन्ने विषय मैले भन्ने विषय भएन् । मैले जानेको के हो भने अहिलेको निर्वाचनमा आम रुपमा निर्वाचनविरोधी गतिविधि भएको छैन् । अब छिटपुट रुपमा कहीँकतै कालो झण्डा राख्ने वा विरोध गर्ने घट्ना नभएका होईनन् । छिटपुट घट्नाहरु भएका छन् । हिजो र आजको कुरा गर्नुहुन्छ भने हामी सबै क्षेत्रमा घुमिरहेका छौं । जनताहरु पूर्ण आश्वास्त हुनुहन्छ । मत प्रयोग गर्नूहुँदैन भन्ने हामीले कल्पना गर्नै सक्दैनौं ।

 



प्रतिक्रिया दिनुहोस्