Logo

राजपाको बहिष्कारको कुनै तुक छैन, जनताको उत्साहजनक सहभागिता छ : उपेन्द्र यादव, अध्यक्ष संघीय समाजवादी फोरम नेपाल



तपाईले मतदान गर्नुभयो ?

हो, मैले मतदान गरिसकें ।

मतदानमा कस्तो सहभागिता देख्नुभयो ?

कल्पना गरेको भन्दा बाहिर । आम मतदाताहरु अत्यन्त उत्साह, जाँगर र जोशका साथ मतदान गर्दैछन् ।

उसो भए दोस्रो चरणको निर्वाचनमा राजपालाई धक्का लागेकै हो त ?

त्यो राजपाको कुरै नगरौं । जम्मा एक दुई जना हठी र उचित दृष्टिकोण नभएका खासगरी भिजन नै नभएका एक दुई जना नेताका कारण उहाँहरु फस्नुभएको हो ।

राजपाका नेताहरुले बहिष्कार गरेपनि कार्यकर्ताहरुले चाहीँ भाग लिए छन होईन त ?

राजपाका ठूला ठूला नेताहरु नै चुनावी प्रचारमा खासगरी स्वतन्त्र उम्मेद्धवारको पछि पछि हिँडेको मैलै नै देखें । यो के खालको दोधारे चरित्र हो ।

राजपाको एजेण्डा असफल भयो भन्न खोज्नुभएको हो ?

हेईन, असफल भन्दापनि उहाँहरुले लिएको लाईन वा बाटो नै गलत छ । त्यो बाटोले कहीँ पुर्याउँदैन् । र, उहाँहरुको सोच र चिन्तन नै गलत भयो ।

अब असोज २ गते हुने निर्वाचनको पक्षमा जनता देखिए होईन त ?

बैशाख ३१ र जेठ ३१ गतेको निर्वाचनमा पनि जाने भनेर २ नम्बर प्रदेशका आम जनताहरुल्े चुनावमा जाने भनेर मानसिकता बनाईसकेका थिए । तर, सरकारको गलत निर्णय, राजपाको सरकारसँग भएको गलत सम्झौता लगायतका कारणले यस प्रदेशका जनताहरु मतदान गर्न पाउने अवसरबाट तत्काललाई पर सारिए । त्यो राष्ट्रको हितमा छैन् ।

निर्वाचन आयोगले यस पटकको निर्वाचनको सम्पूर्ण मतपरिणाम ७ दिनभित्र सार्वजनिक गर्ने घोषणा गरेको छ, यो संभव छ ?

होईन, गर्ने हो नि । गर्नकोलागि के समस्या छ र ?

आयोगले चाह्यो भने ७ दिनभित्र सबै मतपरिणाम सार्वजनिक हुन सक्छ भन्नेमा तपाई विश्वस्त हुनुहुन्छ ?

सक्छ । म विश्वस्त छु ।

अब संविधान संशोधनको कुरा पनि छ, यसको बारेमा के भन्नुहुन्छ ?

संविधान संशोधन नगरीकन सुखै छैन ।

तपाईले निर्वाचनमा सहभागी हुँदै गर्दा भन्नुभएको थियो कि माटोले मलाई निर्वाचनमा जा भन्यो त्यही भएर भाग लिएको भन्नुभयो ?

जरुर । मलाई यो मुलुकको माटो प्यारो छ । देशलाई निकास दिनुपर्छ । अनिर्णयको बन्दी बनाएर राख्नुहुँदैन् भनेको थिएँ । अहिले पनि त्यही भन्छु । जनतालाई लोकतन्त्रको अभ्यास गर्न दिनुपर्छ भनेको हुँ ।

उसो भए अब संविधान संशोधनको पक्षमा एमाले अध्यक्ष केपी ओलीपनि आउनुहुन्छ होईन त ?

यो संविधान संशोधन नगरीकन मुलुकलाई धान्न सक्दैन् । चुनाव र संविधान संशोधनका प्रक्रियाहरु अलग अलग हुन । संविधान संशोधन भनेको सिंगो मुलुकको लागि हो । चुनावका लागिमात्रै होईन् ।

एमालेलाईपनि साथमै लिएर संविधान संशोधन गर्दा राम्रो होला नि ?

हेईन, एमालेले पनि साथ दिन्छ । राज्यले प्रमुख प्रतिपक्षी दललाई उपेक्षा गरेर संविधान संशोधन हुन्छ र ?

उसो भए अब तपाईको पार्टी तेस्रो चरणको निर्वाचनको तयारीमा पनि जुट्छ ?

हामी सबै चरणको निर्वाचनको तयारीमा छौं ।

बाबुरामजीसँग तपाईको पार्टीको एकता कहिले हुन्छ ?

म ज्योतिष होईन । कहिले हुन्छ भन्ने कुरा मैले भन्न सक्दिन् ।



प्रतिक्रिया दिनुहोस्