Logo

राष्ट्रपति टिमर जी–२० सम्मेलनमा भाग लिने पूर्व कार्यक्रम रद्द



रियो दि जेनेरिया (ब्राजिल), १६ असार । ब्राजिलका राष्ट्रपति मिसेल टिमरले जर्मनीको ह्यामबर्गमा गर्ने भनी पूर्व निर्धारित गरेको जी–२० सम्मेलनमा सहभागी हुने योजना रद्द भएको राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले पूर्व निर्धारित कार्यक्रम रद्द गर्नुका कुनै कारण भने खुलाएको छैन । पूर्व निर्धारित कार्यक्रमअनुरुप यही जुलाई ७ र ८ गते जी–२० सम्मेलनमा भाग लिन जर्मनी जाने तय भएको थियो ।

राष्ट्रपति कार्यालयले भ्रमण रद्दबारे कारण नखुलाइए पनि उहाँमाथि औपचारिक रुपमा भ्रष्टाचार गरेको आरोप ब्राजिलका अभियोजकले यसैहप्ता लगाउनुभएको छ ।

उहाँमाथि मासु प्याक गर्ने कम्पनी जेबीएसका जोस्ली बाटिस्टाबाट घुस लिएको आरोप छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्