Logo

आफ्नो बर्थडेमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाई काममा व्यस्त हुने शर्माको घोषणा



एनआरएनएले सुरु गर्यो अन्तराष्ट्रिय विमानस्थल सफाई अभियान

काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सरसफाई अभियान सुरु गरेको छ। एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाई गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि अतिथि देवो भव अभियान अन्तर्गत सरसफाइ अभियान सुरु गरेको हो।

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्दउपाध्याय बाट हस्ताक्षरित सहमति बमोजिम बिहीबारदेखि सरसफाई अभियान सुरु भएको हो। संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ।

कार्यक्रममा एनआरएन उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वारनै विमानस्थल भएकोले यसको सरसफाई सबैको जिम्मेवारी भित्र पर्ने बताए। ‘विमानस्थल सरसफाई गर्न विगतमा भइरहेका सरसफाईलाई प्रविधिमैत्री बनाउन पनि हामीले सहयोग गर्न लागेका हौ’ भट्टले भने ‘यो कार्यक्रम अब निरन्तर रुपमा चल्छ र विमानस्थललाई पर्यटनमैत्री हन्छ।’

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कामको सुरुवात हुनु सकारात्मक भएको तर यसले निरन्तरता पाउनुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटक आवागमन गर्ने मुख्यद्वार जहिले सफा हुनुपर्नेमा जोड दिए।एनआरएनएले विमानस्थलको सरसफाईमा खटिनेहरुलाई तालिम संचालन गर्ने जानकारी दिएको छ। मजदुरलाई सहयोग गर्न एनआरएनएका ३५ जना स्वयमसेवक समेत १ महिनासम्म खटिनेछन्। उनीहरुले सरसफाई गर्दा केमिकल्सको प्रयोग गर्ने तरिका, सररफाईमा आधुनिक उपकारण हस्तान्तरण गर्ने बताइएको छ।

हाल विमानस्थलमा इन्नोभेटिभ एन्ड एचआर सोलुसन प्रालिले विमानस्थल सरसफाईको जिम्मा लिएको छ। खेम शर्मा सहितको टोलीले सोलुसनलाई सहयोग गर्ने गरी एनआरएनएले जिम्मा लगाएको छ। जसमा सम्पूर्ण खर्च एनआरएनएले व्योहोर्ने छ।

कार्यक्रममा शर्माले दिएको मन्तब्यको पूर्णपाठ:

यो फरक तर सबैभन्दा महत्वोपूर्ण कार्यक्रम मा उत्साह पुर्बक उपस्थित हुनु भयका सबैमा मेरो नमस्कार !

सर्ब प्रथम दिन र रात मा नेपाल का सहर हरुको सरसफाइमा खट्ने सफाई मजदूर हरुलाई म स्मरण गर्न चाहन्छु । जसले ज्ञान र सिपको कमि हुदाहुदै पनि र हाम्रो समाजको यो पेशा लाइ हेर्ने आखा सकारात्मक न हुदा नहुदै पनि आफ्नो काम मा निरन्तर खटेका छन् । हाम्रो समाजले अझै सम्मानित गर्न नखोजेका परम्परागत सफाई पेशा कर्मी हरुलाई म सम्मान गर्न चाहन्छु । र बागमती सफाई लगाएत का अभियान मा खटेका सबै अभियेंता हरुलाई मा सलाम गर्न चाहन्छु ।

अभियानात्मक रुपमा सुरु हुन लागेको यस कार्यक्रमका आदरणीय अध्यक्ष ज्यु , नेपालको नागरिक उड्डयन क्षेत्र को नीति निर्माण तथा कार्यन्वोयन को जिम्मेवारी मा रहनुभएका नागरिक उड्ड्येन प्राधिकरण का महानिर्देशक सन्जीब गौतम ज्यु, बिश्वभरि छरिएका नेपालीहरुको साझा र प्रिय सस्था गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समंवोय परिषद्का उपध्यक्ष, युबा ब्यबशायी तथा सामाजिक अभियन्ता भवन भट्ट ज्यु, नेपाल को पर्यटन क्षेत्र को समग्र नीति निर्माण , कर्याँवोयाँ तथा अनुगमन गर्ने महत्वोपूर्ण निकाए नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी ज्यु , देश कै गौरव का रुपमा रहेको हाल सम्मको एक मात्र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको कुशल ब्यबस्थापन गरिरहनु भयका महा प्रबन्धक देवानन्द उपाध्याय ज्यु, देशको मुख्य रक्षा मेरुदण्ड नेपाली सेनाका जर्नेल तारा बिक्रम शाह ज्यु , देश को एक मात्र अन्तरास्ट्रिय बिमनाथल को सुरक्षा मा अहोरात्र खटेको नेपाल प्रहरी का डि आइ जी पंकज श्रेष्ठ ज्यु , गैर आवाशीय नेपाली संघ अमेरिकी महादीपका क्षेत्रिय संयोजक सोनाम लामा ज्यु, मेरा मित्र ,चलचित्र क्षेत्रमा समेत उदाएका त्रिभुवन विमानस्थलको सरसफाई बिभाग का प्रमुख रोहिणी भट्टराई ज्यु, उपस्थित मिडियाकर्मी साथीहरु, रास्ट्रसेवक कर्मचारी तथा सुरक्षकर्मी साथीहरु सबैमा सर्बप्रथम बिश्वभर भएका श्रमजिबि गैर आवासीय नेपालीहरुका तर्फाबाट मेरो हार्दिक अभिबादन ।

म यो अभियानको मलाइ फिल्ड नेतृत्व प्रदान गर्ने नेपाल सरकार र गैर आवासीय नेपाली संघप्रति निकै आभारी छु । र, मलाइ अस्ट्रेलियाबाट यो अभियानमा आउदा बिदाइ गर्ने मित्रहरुप्रति पनि उत्तिकै कृतज्ञ छु । मैले मेरो पछिल्लो सिड्नी दुबइ हुदै काठमाडौँ को २० घण्टाको यात्राका क्रममा आफुलाई सबै भन्दा आनन्दित महसुस गरें । मलाइ जिम्मेवारी बोध ले पनि गम्बिर बनायो । म यहाँहरु सबै लाइ बिश्वास दिलाउन चाहन्छु कि हामि हाम्रो अन्तरास्ट्रिय विमानस्थलमार्फत हाम्रा पर्यटक तथा सबै यात्रुलाइ आधुनिक सरसफाइको नमुना प्रस्तुत गर्ने छौ । म अस्ट्रेलिया गएको आठ बर्ष भयो र काठमाडौँबाट उड्दै गर्दा हाम्रो एक मात्र विमानस्थलको सफाइको स्तरको स्वा अनुगमन गर्न थालेको पाँच बर्ष भयो । मैले बिगत एक बर्ष यता सरसफाइमा राम्रो प्रगति भएको पाएको छु, त्यसकालागि म अहोरात्र खट्ने सबै मित्रहरुलाई अभिनन्दन गर्न चाहन्छु । तर यो अन्तरास्ट्रिय मापदण्डका हिसाबले आधा मात्रै भएको छ, सरसफाई यस्तो क्षेत्र हो जहाँ शतप्रतिशत दिन सक्नुपर्द्छ ।

हाम्रो पहल यो अभियानका क्रममा हाम्रा सरसफाई कामदारहरुलाइ तालिम दिने, केमिकल तथा इकुप्मेण्टको प्रोफेसनल प्रयोगको तरिका सिकाउने, सरसफाई तथा स्वाथ्यको अन्तर्सम्बन्धको बारेमा जानकारी दिने मात्रै होइन हाम्रो एक मात्र अन्तरास्ट्रिय विमानस्थलको टर्मिनल भवनको भित्रि भागको सरसफाई गर्ने हुनेछ । हामि यो एक महिनामा हाम्रो अन्तरास्ट्रिय विमानस्थलको सरसफाइको अधिकतम मापदण्ड तयार गरेर हस्तान्तरण गर्नेछौ । बिश्वको कुनैपनि बिकसित देशको बिकसित सहर फोहोर हुदैन । सरसफाई नै त्यो शह , देश वा भवनको बिकासको स्तर मापन गर्ने पहिलो मापदण्ड हो ।

सरसफाईको स्पस्ट तौरतरिका, मापदण्ड, प्रबिधि र दक्ष जनशक्ति सहि ढंगबाट परिचालित भएमा कुनैपनि सहर वा भौतिक संरचना सधै सफा रहन्छ र साथै बैज्ञानिक सूचना प्रबिधिबाट डिजिटल अनुगमन प्रणाली राखिएमा सुरक्षा तथा रणनीतिक हिसाबले संबेदनशील र महत्वपूर्ण भवनहरुको सरसफाई पनि सात प्रतिशत हुन सक्दछ । हामी डिजिटल प्रबिधिमार्फत निश्चित कामको कार्यस्थलमा खट्ने व्यक्ति, उसको सुपरभाइजर तथा कार्यालयका प्रमुखलाइ प्रगतिको तत्काल सूचना जाने प्रणाली राख्न सक्छौ । जसले कार्यस्थलको तत्काल अवस्था बुझ्न र समस्या भए समाधान गर्न सहयोग पुर्याउँछ । यो सत्य हो कि एउटा भवनको सरसफाई गरेर पुरै देश सफा हुने पनि होइन र एक जना समाजसेवी युबा भवन भट्ट वा खेम शर्माले नेतृत्व गरेर मात्रै पनि यो अभियान पुरा हुदैन । त्यसका लागि हामी नेपाल सरकारलाइ समग्र क्षेत्रको सरसफाईको नयाँ मापदण्ड बनाउन, स्पस्ट सफाई नीति निर्माण गर्न अनुरोध गर्दछौ । र, आवश्यक पर्दा त्यसको लागि अहिले हामीले सुरु गरेजस्तै प्राबिधिक तथा बौद्धिक सहयोग गर्न तयार भएको कुरा पनि यहाँ जानकारी गराउछु ।

आफ्नो मातृभूमि भन्दा पबित्र तिर्थस्थल अरु कुनै हुन सक्दैन । हाम्रो यो एक मात्र पवित्र तिर्थस्थलमाथि फोहरमैलाले विजय हासिल नगरोस भनेर हामि यो अभियानमा खटेका छौ । हाम्रो महत्वोपूर्ण समय र सिप यो काममा लगाउन पाउँदा हामीलाई गर्वानुभुती भएको छ । म व्यक्तिगत रुपमा फेरी पनि खुशि छु कि यो बर्ष जुलाईको मध्येतिर पर्ने मेरो जन्मदिन म त्रिभुवन अन्तरास्ट्रिय बिमनाथलको सरसफाईको काम मै बिताउने छु । हाम्रा आदरणीय अविभावकहरुबाट हाम्रो यो अभियानलाइ भौतिक सहयोग र सहभागिता नै मजस्ता युवाको जन्मदिनको शुभकामना हुनेछ । हामीले बिदेशमा हाम्रा बिदेशी मित्रहरुलाई हाम्रो देश जानुस भनेर प्रेरित गरिरहँदा र नेपाल आउन निमन्त्रणा गरिरहँदा हामीलाई खड्कने पहिलो कुरा भनेको सरसफाई नै हो । हाम्रा भवनहरुको सरसफाईमैत्री छैनन् र हाम्रो सरसफाईको स्तर पर्यटकमैत्री छैन । हाम्रो यो अभियान ो उधेस्य दीर्घकालीन रुपमा भवनहरु सरसफाई प्रबिधिमैत्री बनाउन प्रेरित गर्ने र हाललाई सरसफाइको स्तरलाइ बिदेशी पर्यटकमैत्री बनाउने पनि हो । हाम्रो फाँबाट यो गर्न सकियो भने हाम्रो अतिथि देबोभवको आदर्श पुरा हुनेछ ।

आउनुहोस हामि सबै हातेमालो गरौं, नया प्रबिधि, सीप र चलनको सुरुवात गरौ। सिंगो समाजमा सरसफाईको अनिवार्यताबारे अभियान चलाउ, सरकारलाइ समग्र सरसफाइको नीति बनाउन प्रेरित गरौ र सरसफाई पेशालाइ मर्या्दित र सम्मानित बनाऊँ । हजारौको संख्यामा पूर्णकालीन तथा आंशिक रोजगारी समेत सृजना भैरहेको यो क्षेत्रले देशको बेरोजगारी समस्या समाधान गर्न समेत केहि हदसम्म भूमिका खेल्न सक्छ भन्ने मेरो दाबी छ । अन्तमा यो अभियानको क्रममा हामि संगै मध्य रातमा हाम्रा आदरणीय सामाजिक, राजनीतिक, प्रशासनिक, सुरक्षा क्षेत्रका नेतृत्वहरुपनि सहभागी भएर हाम्रो हौसला बढाइ दिनुहुनेछ भन्ने हामि सबै स्वोयमसेवकहरुले अपेक्षा गरेका छौ । धन्यबाद ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot