Logo

चिनियाँ राष्ट्रपति सि–मार्केल भेटवार्ता



बेइजिङ, २२ असार । चिनियाँ राष्ट्रपति सि चिनफिङ र जर्मन चान्सलर एङ्गिला मार्केलबीच बर्लिनमा बिहीबार भेटवार्ता भएको समाचार छ ।

उहाँहरुबीच भएको सो भेटवार्तामा चीन जर्मन आपसी हितका विभिन्न पक्षमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी आगामी दिनमा यी दुई देशबीचका साझा चासोका विषयामा के कसरी अगाडि बढ्ने तथा सामुहिक लगानी र अन्य आर्थिक विकासका मुद्धामा कसरी सहकार्य गर्ने भन्ने बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

सन् २०१४ मा चिनियाँ राष्ट्रपति सिले गर्नुभएको भ्रमणका समयमा पनि यी दुई देशको बीचमा बृहत रणनैतिक साझेदारी बिकासका बारेमा कुराकानी भएको थियो ।

उहाँहरुबीच द्विपक्षीय आपसी साझेदारिता, पारस्पारिक राजनीतिक विश्वास एवम् द्विपक्षीय संयुक्त संयन्त्रको विकासजस्ता विषयमा आगामी दिनमा सक्रिय सहभागिताका साथ अघि बढ्ने विषयमा पनि छलफल भएको थियो ।

चीनसँग जर्मनीको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् अन्य विभिन्न विषयमा सहयोग र समन्वय रहने धारणा सो भेटका क्रममा चान्सलर मार्केलले राख्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति चिनफिङले युरोपेली युनियनसँग सहकार्य र समन्वय गर्न के कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा पनि जर्मन चान्स्लर मार्केलसँग प्रस्ताव गर्नुभएको थियो ।

जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि२० को बैठकमा सहभागिताका लागि चिनियाँ राष्ट्रपति चिनफिङ बिहीबार बर्लिन पुग्नुभएको हो ।

सो सम्मेनलनमा सहभागिताका लागि विश्वका नेताहरु जर्मनी पुग्ने क्रम सुरु भएको छ । उहाँहरुका बीचमा आपसी हित र चासोका बारेमा ‘साइडलाइन’ बैठकहरु हुदैछन् । रासस÷सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्