Logo

सार्वजनिक सवारीको भाडा बृद्धि गर्ने तयारीमा यातायात व्यवसायी



२३ असार, काठमाण्डौ
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपछि नेपालमा चालू महिनामा मात्र दुई पटक मुल्य घटिसेकेको छ । पछिल्लो समय धेरै पटक इन्धनको मुल्य घटे पनि सवारी साधनको भाडादर नघटेपछि सबैको चासोको विषय बनेको छ । भाडा घटाउनुपर्ने आवाज उठिरहेको छ ।

तर सार्वजनिक सवारीको भाडादर भने घट्नुपर्नेमा उल्टो बढाउन लागिएको छ । यो हेर्दा सरकारी निकाय र बयवसायीको मिलेमतोमै भाडादर बृद्धि तयारी गरिएको हो । नेपाल आयल निगमले असार २ गते पेट्रोल डिजलमा डेढ रुपियाँको दरले घटाएको थियो भने असार १९ गते प्रतिलिटर दुई रुपियाँका दरले घटाएको थियो । तर यातायात व्यवसायीहरु भने सार्वजनिक सवारीको भाडादर बृद्धि गर्ने दबावमा जुटेका छन, यो खबर आजको गोरखापत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्