Logo

अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच भेट



ह्यामवर्ग (जर्मनी), २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच शुक्रबार जर्मनीको ह्यामवर्गमा जि–२० भेट भएको छ ।

भेटको शुरुमा कुरा गर्नुहुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भन्नुभयो, “हामीले आगामी दिनमा रसिया, अमेरिका र सम्बन्धित सबैलाई धेरै सकारात्मक कुराको थालनी गरेर देखाउनु छ ।” मलाई तपाईसँग भेट्दा सम्मानित भएको अनुभुति गरेको छु ।

त्यसैगरी पुटिनले पनि राष्ट्रपति ज्यू तपाईंसँग प्रत्यक्ष भेट्न पाउदा म साह्रै खुशी छु । तपाइले भन्नुभएजस्तो हाम्रो भेटघाटले ठोस नतिजा ल्याउनुपर्छ ।

दुई शक्तिशाली नेताको भेटमा उत्तर कोरिया सङ्कट, सिरियाली द्वन्द्व, युक्रेन–रसियाबीचको हतियार नियन्त्रण सम्झौता, विश्व व्यापार र विश्वतापमान बृद्धि लगायतका विषयबारे छलफल हुनसक्ने बताइएको छ । रासस/एएफ्पी



प्रतिक्रिया दिनुहोस्