Logo

पैदलमार्ग बगाउँदा हिFडडुल गर्न समस्या



रसुवा, २७ असार । विकट यार्साको मेरगाङ जाने बाटो वर्षाको भलपानीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ ।

स्थानीयवासी कान्छा थोक्राका अनुसार जनश्रमदानबाट बनाइएको बच्चादेखि मेरगाङसम्मको करिब एक किमी पैदल मार्ग पटकपटकको वर्षाले बगाएपछि त्यस भेगका नौ घरपरिवार एक गाउँबाट अर्को गाउँ जान वञ्चित भएका छन् ।

सो ठाउँमा बढी भिर भएकाले पुनःनिर्माण गर्न श्रमदानबाट सम्भव नभएकाले पीडित पक्षले स्थानीय तहसमक्ष सहयोगको अपेक्षा गरेको छ ।

नौकुण्ड गाउँपालिका वडा नं २ का बच्चा र मेरगाङका बासिन्दा वाटो निर्माणका लागि सबै क्षेत्रबाट सहयोग मिल्नेमा आशावादी भएको थोक्राले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्