Logo

बर्सातले खेलमैदान भत्काउँदा पठनपाठनमा समस्या



दुनै (डोल्पा), ३० असार । यहाँको एक विद्यालयमा अविरल रुपमा परेको बर्सातले खेलमैदान लगायतका संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ ।

एक सातादेखि अविरल रुपमा परिरहेको बर्सातले तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यमिक विद्यालय अगाडिकोे सिँढी, पर्खाल तथा खेलमैदान भत्काएपछि पठनपाठनमा समस्या उत्पन्न भएको प्रधानाध्यापक लङ्कमान रोकायले जानकारी दिनुभयो ।

विद्यालयको बाहिरी संरचनामा क्षति पु¥याएकाले कक्षाकोठासम्म आवत जावत गर्न समस्या हुनाका साथै विषयगत खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन गर्नसमेत समस्या भएको प्रधानाध्यापक रोकायले बताउनुभयो । बर्सात जारी रहेकाले फेरि पनि कक्षाकोठा नै भत्किने हो कि भन्ने डरले त्रासपूर्ण वातावरणमा पठनपाठन सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

उक्त विद्यालयमा प्रावि र निमावि तहमा गरेर ३०६ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्